विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार १४:७:५३
१७ साउन, काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । जसमा मोरङ, विराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-४ आइतबारे बस्ने २५ वर्षीय अमन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै झापा, बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट १ पत्ता र सिरिन्ज ६ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय अनिष चौधरी, २५ वर्षीय सुरज राई र २३ वर्षीय धिरज राई रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय ३० मिलिग्राम सहित भारत किसनगंज सतकुवा दिंगलबैक पञ्चायत-१ बस्ने ३६ वर्षीय सोमाई किस्कुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै बाँके, नेपालगन्ज उपमहानगरपालिका-४ स्थित मोबाइल पसल संचालन गरी बस्ने २९ वर्षीय युवराज शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ चौराहास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-११ खानेपानी ट्याङ्ककी बस्ने २७ वर्षीय राज कुमार थारू समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बुटाबाट चप्परगौडीतर्फ जाँदै गरेको भे.१ ह ७६९८ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-२ मनकामना चोकस्थित होटल डिभान्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३० मिलिग्राम सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-२ बिकाशनगर बस्ने २२ वर्षीय राम बहादुर विक र १९ वर्षीय राकेश विक रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उक्त होटलको १११ नम्बरको कोठामा बसेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१० मसानघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम सहित मायादेवी गाउँपालिका-६ बेथरी बस्ने २० वर्षीय अभिषेक सोरहिया मल्लाहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले यूपी ५३ एवी ४६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक अभिषेकलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ जोखर तालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अर्जुन चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध लागूऔषध गाँजा करिब ३३ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३४ वर्षीय बिनोद सेवा र सोही उपमहानगरपालिका-१३ बनस्पती बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएकी ४६ वर्षीया सुनिता तामाङ रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३-००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी चालक बिनोद र गाडीमा सवार सुनितालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार