एमालेका पहुचवाला नेता केबी उप्रेतीको कसरी भयो जेलमा बास ?
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार १५:३६:४५
१७ साउन, काठमाडौं । सहकारीका खेलाडी मानिएका नेकपा एमाले निकट केबी उप्रेती यतिबेला जेलमा छन् । सहकारीको इतिहासमा उप्रेती नबिर्सिने नाम हो । पछिल्लो समय उनी आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका संस्थाका अध्यक्ष थिए । बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।
राजनीतिक रूपमा पनि उनी पहुँचवाला व्यक्ति हुन् । पछिल्लो दुई दशक भन्दा धेरै समयदेखि उनले नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागमा रहेर काम गर्दै आएका थिए । पछिल्लो समय उनी आबद्ध प्रारम्भिक सहकारी संस्थामा समस्या आएपछि पार्टी सचिवालयले उप्रेतीलाई विभागको जिम्मेवारीबाट हटाएको थियो । उनले ९ वटा संस्था गाभेर साविकको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था बनाएका थिए । त्यतिबेला उनले समस्या लुकाउनकै लागि मर्जर गराएका थिए ।
०८० असारसम्म संस्थाको बचत ६ अर्ब १३ करोड र कर्जा प्रवाह ६ अर्ब ३९ करोड छ । मर्जर प्रक्रियामा रहेका पाँच वटा संस्थामध्ये आइडल यमुना र हाम्रो सगरमाथा ठूला सहकारी थिए । ८० असारसम्म हाम्रो सगरमाथा सहकारीमा १३ हजार ५ सय ११ सदस्य १ अर्ब ९० करोड बचत र १ अर्ब ७४ करोड लगानी रहेको थियो । आइडल यमुनामा २४ हजार ४ सय ८ जना सदस्य, २ अर्ब ९३ करोड बचत र २ अर्ब ८० करोड कर्जा लगानीमा छ ।
९ हजार ५ सय ४ जना सदस्य रहेको नागरिक कल्याणमा भने ७२ करोड बचत र ६१ करोड कर्जा लगानीमा छ । तपाईं हाम्रो सहकारीमा ६ हजार ७ सय ४२ जना सदस्य, ४२ करोड बचत तथा ६१ करोड कर्जा अनि घेदुङ सहकारीमा २ सय ३३ जना सदस्य, १६ करोड बचत र १४ करोड लगानीमा छ । ०६० देखि ०७५ सम्म राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक रहेका केबी उप्रेती पछिल्लो दुई कार्यकाल अध्यक्ष बनेर काम गरेका थिए ।
पछि उनी अरु सहकारीतिर लागे । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा प्रहरीले गत १९ असारमा उनलाई पक्राउ गरेको थियो । उनीविरुद्ध चारवटा छुट्टाछुट्टै मुद्दा दायर भएका थिए । पाँचवटा सहकारी मर्ज भएर गत वर्ष सो संस्था बनेकोमा उप्रेती आफै अध्यक्ष बनेका थिए । उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, कुयाङ लामा अध्यक्ष रहेको आइडियल यमुना सहकारी, सुकेधारा, हस्त राउत अध्यक्ष रहेको नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, न्युरोड, मनोजकुमार थापा अध्यक्ष रहेको हाम्रो बहुउद्देश्यीय सहकारी संस्था नैकाप र मोहनकुमार लामा अध्यक्ष रहेको घेदुङ बहुउद्देश्यीय सहकारी संस्था, चुच्चेपाटी बीच मर्ज भएको थियो ।
यी सबै सहकारीको छुट्टाछुट्टै जाहेरी लिएर प्रहरीले मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले उप्रेतीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी जेल चलान भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपीले जानकारी दिएका छन् । सहकारीका अन्य सञ्चालकहरू भने फरार छन् । उनले रकम फिर्ता गर्न नसक्दा ५४ हजार बचतकर्ताको करिब ८ अर्ब रकम जोखिममा परेको छ । बचतकर्ताकै उजुरीका आधारमा प्रहरीले उप्रेतीलाई पक्राउ गरेको थियो । बचतकर्ताले उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकमाथि पनि उजुरी हालेका छन् ।
बचत फिर्ताको माग गर्दै बचतकर्ताको भीड लाग्न थालेपछि केही महिना उप्रेती सम्पर्कविहिन भएका थिए । झन्डै २१ वर्षदेखि उप्रेती लगातार राष्ट्रिय सहकारी बैंकको नेतृत्वमा थिए । यो बैंक ०६० सालमा स्थापना भएको हो । ०६० मा संस्थापक प्रबन्ध सञ्चालक (एमडी) रहेका उनी ०७५ मा बैंकका अध्यक्ष बनेका थिए । डेढ दशकभन्दा लामो समयदेखि उप्रेती राष्ट्रिय सहकारी महासंघमा पनि नेतृत्वदायी भूमिकामै थिए । राष्ट्रिय सहकारी महासंघमा लेखा सुपरिवेक्षण समितिको संयोजक रहेका उप्रेती त्यसपछि एक कार्यकाल महासंघमा सञ्चालक थिए ।
उनी पहुँच नजिक भएपनि रकम अपचलनको आरोपमा जेल जानबाट बच्न सकेनन् । एक समय उनलाई सहकारीको मास्टर पनि भन्ने गरिएको थियो । उनको अगुवाइमा धेरै सहकारी संस्थाहरू पनि जन्मिए । तर, अहिले सबै समस्या ग्रस्त भएका छन् । जिल्लातिर उनको अगुवाइमा खुलेका बाहेक अरु सहकारी चलाउन र बचतकर्ताको रकम सुरक्षित उनले सकेनन् । जसको कारण उनको यतिबेला जेलमा बास भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार