भट्टराई प्रतिष्ठानले मनायो शेरबहादुरको ७५ औं जन्मोत्सव
यज्ञप्रसाद भट्टराई
साउन १७, २०८१ बिहिबार १६:२९:५७
१७ साउन झापा । भट्टराई कुलवंश प्रतिष्ठानका संस्थापक अध्यक्ष, झापाली राजनीतिका धरोहर, सामाजिक तथा शैक्षिक ब्यक्तित्व, दमकका गहना आदरणीय शेरबहादुर भट्टराईको आज ७५ औँ जन्म दिन भट्टराई कुलवंश प्रतिष्ठानको केन्द्रीय कार्यालय बशिष्ठ आश्रम दमक ४ झापामा आज एक कार्यक्रम गरि मनाइएको छ ।
केक काटेर र मैनबत्ती फुकेर पश्चिमा सभ्यतामा रमाउदै जन्मउत्सव मनाउने अनि आफ्नो नेपाली संस्कार र संस्कृतिलाई बिर्सदै गएको नेपाली समाजलाई सजग गराउदै अरुलाई पनि उदाहरण बनोस भनेर भट्टराईको जन्मउत्सव ७५ वटा मैनबत्ती बालेर मनाईएको प्रतिष्ठानले जनाएको छ ।
दमकको भौगोलिक नक्सा कोरिदै गर्दा २०२७ सालमा झापा झरेका भट्टराईले दमकको शिक्षा, स्वास्थ्य, बिकास निर्माण र आध्यात्मिक चेतना जगाउन अत्यन्तै ठुलो भुमिका खेलेको जन्मउत्सवमा उपस्थित उहाका समकक्षी नेता तथा सामाजिक ब्यक्तित्वहरुले ब्यक्त गरेका थिए ।
दमक नगर पालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त जन्मोत्सव कार्यक्रममा बिशिष्ठ अतिथिहरु दमक नगर पालिकाका पुर्व नगर प्रमुख रोमनाथ ओली र बर्तमान नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईं रहेका थिए भने अतिथिहरुमा दमक बहुमुखी क्याम्पसका अध्यक्ष तथा नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ का क्षेत्रीय सभापति ढुंडिराज भण्डारी, ईलाका ट्राफिक कार्यालय दमकका प्रमुख नारायण भट्टराई, दमक खानेपानी ऊपभोक्ता संस्थाका अध्यक्ष रवि केसी, भट्टराई कुलबंश प्रतिष्ठानका केन्द्रीय पदाधिकारीहरु, प्रदेश, जिल्ला र दमकका पदाधिकारीहरु, छोरीबुहारी सञ्जालका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
असाधारण ब्यक्तित्वको जन्मोत्सव पनि असाधारण हुने बताउदै कांग्रेस नेता तथा दमक बहुमुखी क्याम्पसका अध्यक्ष ढुंडिराज भण्डारीले शेरबहादुर भट्टराई जुन संस्थामा बस्नुहुन्छ उहालाई संस्थाले पनि खोज्ने र ब्यक्तिले पनि खोज्ने, शंका कहिल्यै नगर्ने र सवैलाई छिट्टै बिश्वास गर्ने तर ईगो कहिल्यै नलिने ब्यक्तिका रुपमा आफुले शेरबहादुर भट्टराईलाई पाएको बताए ।
जन्मोत्सवको शुभकामना दिने क्रममा बिशिष्ठ अतिथि पुर्व दमक नगर प्रमुख रोमनाथ ओलीले अष्टचिरञ्जिवीको कामना गर्दै जन्मोत्सव मनाउने परम्परालाई जगेर्ना गर्नुपर्दछ भन्दै शेरबहादुर भट्टराई राजनीतिक, सामाजिक र शैक्षिक ब्यक्तित्व मात्रै नभई दमकको धरोहर भएको बताए । उनले राजनीतिक रुपमा हामी खोलाको दुई किनार भएपनि सामाजिक बिकासको क्षेत्रमा हामी जहिल्यै एकैधार भएर काम गरेको अनुभव सुनाएका थिए ।
बिशिष्ठ अतिथि दमक नगर पालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले समाजमा सामाजिक उत्तरदायित्व बहन गर्ने अभिभावक कम भैरहेको बर्तमान अवस्थामा शेरबहादुर बुवाको निस्वार्थ अभिभावकत्वले हामीलाई सामाजिक काम गर्न सधैं उत्प्रेरित गरिरहने बताउदै शेरबहादुर भट्टराईको छोरी भनेर चिनिन पाउँदा आफुलाई गर्व लाग्ने बताइन ।
जन्मउत्सव कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाका प्रमुद रामकुमार थापाले ईतिहास आफै बन्दैन बनाउनु पर्छ भन्दै शेरबहादुर भट्टराई दमकको एउटा जिउँदो ईतिहास रहेको बताएका थिए । दमकमा अस्पताल स्थापना गर्न, बिद्यालय स्थापना गर्न, पशुहाट ब्यवस्थापन गर्न, बिकासका पुर्वाधार निर्माण गर्नदेखि दमकमा धार्मिक कार्यक्रम शुरुवात गराउन बिगतदेखि बर्तमानसम्म भट्टराईले पुर्याउनु भएको योगदानको स्मरण गरेका थिए ।
धनबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वस्ति वाचन गरेर शुभारम्भ गरिएको र ७५ वटा मैनबत्ती बालेर भट्टराईको सुस्वास्थ्य र दीर्घ आयुको कामना गरिएको थियो ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपप्लास्टिकजन्य फोहोर नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह
पुष २, २०८१ मंगलबार
ग्यास चुहावट भई आगलागी हुँदा सात लाख बढीको क्षति
मंसिर ३०, २०८१ आइतबार
प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार