पेरिस ओलम्पिकमा ५० देशले जिते पदक : चीन पहिलो, अमेरिका दोस्रो
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार ७:८:१५
१८ साउन, काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५० देशले पदक जितेका छन् ।जसमा चीन ११ स्वर्ण, ७ रजत र ६ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने अमेरिका ९ स्वर्ण, १५ रजत र १३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै फ्रान्स ८ स्वर्ण, ११ रजत र ८ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ८ स्वर्णसहित ६ रजत र ४ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।
त्यसैगरी जापान ८ स्वर्ण, ३ रजत र ५ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै त्यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण, ७ रजत र ७ काश्य पदक जितेको छ भने दक्षिण कोरियाले पनि ६ स्वर्णसहित ३ रजत र ३ काश्य पदक जितेको छ । । त्यसैगरी इटालीले ५ स्वर्ण, ७ रजत र ४ काश्य पदक जितेको छ भने क्यानडाले ३ स्वर्ण, २ रजत र ३ काश्य पदक जितेको छ ।
त्यस्तै हङकङ, जर्मनी, नेदरल्याण्डस, न्यूजील्याण्ड, रोमानिया र अजरबैजानले २-२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी हंगेरी, जर्जिया, दक्षिण अफ्रिका, स्विडेन, बेल्जियम, आयरल्याण्ड, काजकिस्तान, क्रोसिया, ग्वाटेमाला, उज्बेकिस्तान, अर्जेन्टिना, इक्वेडर, स्लोभेनिया र सर्बियाले एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, उत्तर कोरिया, स्पेन, पोल्याण्ड, स्वीजरल्याण्ड, ग्रीस, इजरायल, कोसोभो, मेक्सिको, टर्की, युक्रेन, फिजी, मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, अस्ट्रिया, इजिप्ट, पोर्चुगल, स्लोभाकिया र ताजकिस्तान रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार