रुस र पश्चिमी देशबीच कैदी आदान प्रदान
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार ९:११:२५
१८ साउन, काठमाडौं । अमेरिकासहितका पश्चिमी देश र रुसबीच कैदी आदानप्रदान भएको छ । मिडिया रिपोर्टका अनुसार यो सम्झौतापछि रुसमा थुनामा रहेका तीन अमेरिकी नागरिकसहित विभिन्न ७ देशबाट २६ कैदी रिहा भएका छन् । अमेरिकासहित पश्चिमी देश र रुसबीच कैदी आदान प्रदानको सहमति टर्कीको मध्यस्थतामा भएको हो । विभिन्न देशबाट २ नाबालिकसहित १० कैदीलाई रुस पुर्याइएको छ भने १३ कैदीलाई जर्मनी र ३ कैदी अमेरीका पुर्याइएको छ ।
रुसले रिहा गरेका अमेरिकी नागरिकमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविच, मरिन पल ह्वेलन र रुसी-अमेरिकी रेडियो पत्रकार आल्सु कुर्मशेवा रहेका छन् । भेलान र गेर्शकोविच दुवै जासुसीको आरोपमा रुसमा जेल परेका थिए । अमेरिकाले पनि यी गिरफ्तारीको विरोध गर्दै आएको थियो । कुर्मशेवा एक अमेरिकी र रुसी नागरिक हुन् जसलाई रुसी सेनाको बारेमा गलत सूचना फैलाएको आरोपमा जुन २०२३ मा रुसमा हिरासतमा राखिएको थियो ।
संयुक्त राज्य अमेरिका, रुस, जर्मनी र अन्य तीन युरोपेली देशहरूबीच भएको यो सम्झौताअनुसार कुल २६ जनालाई रिहा हुने क्रममा टर्कीको अन्करा पुर्याइएको थियो । त्यस्तै जर्मनीको हिरासतमा २०१९ देखि रहेका रुसी इन्टेलिजेन्सका कर्नेल भाडिम क्रासीकोभलाई पनि रिहा गरिएको छ ।
यस अघि अमेरिका र रुसबीच कैदीको सबैभन्दा ठूलो आदानप्रदान सन् २०१० मा भएको थियो, जब रुसका लागि जासुसी गरेको आरोपमा अमेरिकामा १० जना पक्राउ परेका थिए । त्यसपछि यी १० कैदीलाई भियना विमानस्थलमा अन्य चार बन्दीसँग साटासाट गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभेनेजुएलाका विपक्षी नेता गोन्जालेजले देश छोडेर स्पेनको शरणमा
भदौ २४, २०८१ सोमबार
भारतमा पनि एमपक्सको शंकास्पद घटना, विरामीलाई आइसोलेट गरियो
भदौ २३, २०८१ आइतबार
बाइडेनले आफ्नो ४ वर्षे कार्यकालमा ५३२ दिन लिए बिदा
भदौ २३, २०८१ आइतबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
अर्थ मन्त्रालयमा पठाइयो सशस्त्र प्रहरीसम्बन्धी विधेयक
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार
कारागार पठाइए लुम्बिनीका सांसद धनबहादुर केसी
भदौ २३, २०८१ आइतबार
मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबीबीएसको छात्रवृत्ति
भदौ २३, २०८१ आइतबार
खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु
भदौ २४, २०८१ सोमबार
मार्फामा निर्माणाधीन स्याउ आकृतिको पार्क
भदौ २४, २०८१ सोमबार
क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिज खेलको तालिका सार्वजनिक
भदौ २४, २०८१ सोमबार
नेपालमा पनि भित्रियो विश्व प्रसिद्ध ‘कम्ब्याट तेक्वान्दो’
भदौ २४, २०८१ सोमबार
किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या
भदौ २४, २०८१ सोमबार
राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी चिह्न प्रदान
भदौ २४, २०८१ सोमबार