मातृभूमि खेलमैदान विस्तारको लागि महायज्ञमा जग्गा दान गर्नेहरु बढ्दै
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार १०:५०:३०
•कृष्णबन्धु अर्याल
१८ साउन, स्याङ्जा । पुतलीबजार नगरपालिका वडा १३ स्थित मातृभूमि खेलमैदान विस्तारको लागि स्थानीय दाताहरुले जग्गा दान गरेका छन् । जिल्लाकै पुरानो खेलमैदान विस्तार गर्नको लागि स्थानीय स्मृति क्लबको आयोजनामा सञ्चालित महायज्ञमा जग्गा दान गरिएको हो। विदुषी सुधादेवी, अच्युत प्रियाजी र राम प्रपन्नचार्य (ऋषि गुरु) प्रमुख वाचक तथा उमेश पण्डित उपवाचक रहेका महायज्ञमा खेलमैदानको लागि जग्गा दान गर्नेहरू बढ्दै गएका छन्।
महायज्ञमा अहिलेसम्म आश्विन कुमार अर्याल, श्रीकृष्ण अर्याल, खेमराज अर्याल र नन्द कुमारी अर्यालले खेलमैदानको लागि जग्गा प्रदान गरिसकेका छन् । आँधीखोलाको किनारमा भएकोले वर्षेनी कटान हुँदै आएको मैदान साँघुरिदै गहिरहेकोमा विस्तारको लागि जग्गा प्रदान गरिएको दाता दीपक अर्याल बताउँछन् । महायज्ञमा अझै नगदको साथै जग्गा प्रदान गर्ने क्रम चलिरहेको जिल्लाकै पुरानो विद्यालय मातृभूमि माविका पूर्व प्रधानाध्यापक आश्विन कुमार अर्यालले बताए ।
हाम्रै आँगन अगाडि रहेको खेल मैदान हाम्रो गहना हो, यसलाई संरक्षण गर्नु हाम्रो दायित्व पनि हो उनले भने–खेलमैदानको लागि दान गर्ने दाताहरु बढिरहेका छन । मैले पनि यसैसँगै जोडिएको जग्गा प्रदान गर्न पाउँदा गौरव महसुस गरेको छु। अरु हरुले पनि मैदानका लागि जग्गा र नगद दान दिनेमा उनी विश्वस्त छन् । खेलकुद गर्न सहज होस भन्दै घडेरी योग्य जग्गा महायज्ञमार्फत दान गर्न पाउँदा निकै खुशी लागेको अर्का छ, खेमराज अर्याल हर्ष प्रकट गर्छन् ।
दाजुभाइ परिवारको नाममा रहेको करिब डेढ रोपनी जग्गा दान गरेको उनले बताए । क्लबका अध्यक्ष भीम रानाले खेलमैदान बिस्तार स्तरोन्नती र संरक्षण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए । हामीले यस महत्वपूर्ण स्थानमा रहेको खेलमैदानलाई स्तरीय र सुविधा सम्पन्न बनाउन महायज्ञको आयोजना गरेका हौ उनले भने । मैदानमा बेला बेलामा फुटबल,क्रिकेट र भलिबल लगायतका खेल संचालन हुँदै आएको छ।
क्लबका सचिव मीनप्रसाद अर्यालले विगतमा यही मैदानमा खेल अभ्यास गरेकाहरू राष्ट्रिय स्तरका खेलाडी बन्न सफल भएको उल्लेख गरे । त्यसैले यसलाई जोगाई राख्न सके यो मैदानबाट भावी पिढीले पनि प्रचुर लाभ लिन सक्नेछन्, उनले भने । श्रावणी,श्रावण स्नान, रुद्राभिषेक (रुद्रीपाठ), सहश्र जलधारा, बेलपत्र अर्पण, शिव महापुराण पाठ पारायण सहित आयोजना गरिएको महायज्ञ यही साउन २१ गतेसम्म संचालन गरिने भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तऋषिको पूजा गरेर बिदा गरियो तीज
भदौ २३, २०८१ आइतबार
मिथिलाञ्चलमा आज ‘भदैया रैब’ पर्व मनाइँदै
भदौ २३, २०८१ आइतबार
दामोदरकुण्डका तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या
भदौ २३, २०८१ आइतबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
अर्थ मन्त्रालयमा पठाइयो सशस्त्र प्रहरीसम्बन्धी विधेयक
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार
कारागार पठाइए लुम्बिनीका सांसद धनबहादुर केसी
भदौ २३, २०८१ आइतबार
मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबीबीएसको छात्रवृत्ति
भदौ २३, २०८१ आइतबार
सहमतिपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन
भदौ २४, २०८१ सोमबार
नदी किनारमा २० मिटर छाड्नुपर्ने फैसला गर्ने न्यायाधीशलाई कारवाही गर्न माग
भदौ २४, २०८१ सोमबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति ?
भदौ २४, २०८१ सोमबार
खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु
भदौ २४, २०८१ सोमबार
मार्फामा निर्माणाधीन स्याउ आकृतिको पार्क
भदौ २४, २०८१ सोमबार
क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिज खेलको तालिका सार्वजनिक
भदौ २४, २०८१ सोमबार