चलचित्र ‘मोदीबेनी’ आजबाट देशभर प्रदर्शनमा
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार ११:१८:१९
१८ साउन, काठमाडौं। उत्साहित ट्रेलर सार्वजनिक गरी दर्शकमाझ चर्चित बनेको नेपाली चलचित्र मोदीबेनी’को सार्वजनिक प्रदर्शनमा आएको छ। देशभर प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन एक सय भन्दा धेरै शो हरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए । यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले रिलिज गरेका हुन्।
रिलिजको दुई दिन अघि बुधवार ‘मोदीबेनी’को प्रिमियर शो आयोजना गरिएको थियो। एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा रहेको यो चलचित्रमा यसको विषय, रहेका थ्रिल र ‘सरप्राइजिङ’ दृश्यहरूले प्रिमियरमा उपस्थितिलाई उत्साहित बनाएको थियो। चलचित्रलाई प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको थियो।
शङ्कर कोइरालाले निर्देशन गरेको चलचित्रमा वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठको जोडीलाई रुचाइएको छ भने रेजिना उप्रेतीको नौ वर्षपछिको कमब्याकको पनि तारिफ गरिएको छ। यो चलचित्रमा वर्षा, अमर, रेजिनाको साथमा, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। चलचित्रका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ।
चलचित्रमा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ। रोयल भीमसेनको पोस्टर डिजाइन, ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘के घर के डेराः घर नम्बर २’ को २५ दिनमै सकियो छायांकन
भदौ २३, २०८१ आइतबार
फिल्म ‘कार्साङ्’ को फर्स्टलुक पोस्टर सार्वजनिक
भदौ १९, २०८१ बुधबार
अभिनेत्री पूजालाई समीक्षाको चेतावनी- फिल्म चलाउन मलाई बारम्बार प्रहार नगर्नुस्
भदौ १८, २०८१ मंगलबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
अर्थ मन्त्रालयमा पठाइयो सशस्त्र प्रहरीसम्बन्धी विधेयक
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार
कारागार पठाइए लुम्बिनीका सांसद धनबहादुर केसी
भदौ २३, २०८१ आइतबार
मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबीबीएसको छात्रवृत्ति
भदौ २३, २०८१ आइतबार
खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु
भदौ २४, २०८१ सोमबार
मार्फामा निर्माणाधीन स्याउ आकृतिको पार्क
भदौ २४, २०८१ सोमबार
क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिज खेलको तालिका सार्वजनिक
भदौ २४, २०८१ सोमबार
नेपालमा पनि भित्रियो विश्व प्रसिद्ध ‘कम्ब्याट तेक्वान्दो’
भदौ २४, २०८१ सोमबार
किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या
भदौ २४, २०८१ सोमबार
राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी चिह्न प्रदान
भदौ २४, २०८१ सोमबार