ट्रंकलाइन विवाद: कुलमानले विल दिउन, हामी पैसा तिर्छौ
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार १३:२०:७
१८ साउन, काठमाडौं । शुक्रबार डेडिकेटेड र ट्रंकलाइन विवादबारे प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले राखेको छलफलमा व्यवसायीहरूले आक्रोश पोखेका छन् । उनीहरुले बिजुली खपत भएको बिल नै नदिएर नेपाल विद्युत प्राधिकरणले आफूहरूलाई ठूलो टर्चर दिएको बताएका छन् । लेखा समितिले सम्बद्ध पक्षलाई राखेर छलफल गरेको हो ।
समितिले नेपाल विद्युत प्राधिकरणलाई विभिन्न प्रश्न पनि सोधेर विवरण दिन भनेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादका प्रमाणबारे सदस्यले प्रश्न गरेका थिए । समितिमा व्यवसायीहरूले आक्रोशित हुँदै विद्युत महसुल तोक्ने अधिकार प्राधिकरणलाई नभएको बताए । प्राधिकरणले ६ वर्षसम्म ग्राहकलाई सूचना नदिएको बताए ।
उनीहरुले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीले विद्युत महसुल नतिरे लाइन काटिदिने चेतावनी दिइरहेको बताए । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले कुलमान घिसिङप्रति लक्षित गर्दै प्रमाण दिए सबै महसुल तिर्न तयार रहेको चेतावनी दिए । मुरारकाले विद्युत महसुल तोक्ने अधिकार विद्युत प्राधिकरणलाई नभएको बताए ।
विद्युत महसुल तोक्ने अधिकार विद्युत प्राधिकरणलाई छैन । ट्रंकलाइन २०७३ साउनदेखि लागू हुने हो । प्रमाण दिनुस् सबै महसुल तिर्न तयार छौं, उनीहरुले भने । प्राधिकरणसँग टीओडी मिटरको प्रमाण नरहेको जिकिर गर्दै उनीहरुले प्राधिकरणले रेकर्ड लुकाएको बताए । बिजुली प्रयोग गरेपछि तिर्ने प्रावधान भएको तर प्रयोग नै नगरेकोमा प्राधिकरणले निर्णय गरेकोमा उद्योगीहरुको आपत्ति थियो ।
लेखा समितिले पनि विद्युत प्राधिकरण संचालक समितिले मिति २०७२/३/१२ को निर्णयले २०७२ साउन १ देखि डेडिकेटेड फिडर मार्फत विद्युत खपतको हकमा नयाँ महसुल दर कायम गर्ने निर्णय गरेको भएपनि उक्त निर्णय तत्कालीन विद्युत महसुल निर्धारण आयोगमा तत्काल किन पेश नगरेको भन्दै प्रश्न उठाएको थियो । समितिमा २०७२ साउन १ गते देखिने विद्युत महसुल उठाउने कानूनी आधार के हो ? भन्दै प्रश्न उठेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार