कुनै जिम्मेवारी नदिने गरी एमालेबाट हटाइए मणी थापा
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार १४:३१:५९
१८ साउन, काठमाडौं । नेकपा एमालेले माओवादी धारका नेता मणी थापालाई हटाएको छ । नेकपा विभाजन हुँदा उनी एमालेमै बसेपछि स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको थियो । अहिले उनलाई एमालेले पदमुक्त गरेको छ । लामो समयदेखि एमालेमा निष्क्रिय रहेका थापालाई अरु कुनै जिम्मेवारी नदिने गरी हटाइएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार थापा पार्टीको कुनै काममा पनि सक्रिय नभएका कारण हटाइएको हो । एमाले र माओवादी बीचको एकतापछि बनेको तत्कालीन नेकपामा उनलाई स्थायी कमिटीको जिम्मेवारी दिइएको थियो । केपी ओलीले गैर सांसदको रूपमा उनलाई मन्त्री समेत बनाएका थिए ।
पछिल्लो समय एमाले अध्यक्ष ओलीको कार्यशैलीमाथि नै उनले प्रश्न उठाउँदै आएका थिए । त्यसपछि अहिले आएर पार्टीले थापालाई सबै जिम्मेवारीबाट हटाएको हो । उनी २०७९ को निर्वाचनदेखि पार्टीमा निष्क्रिय रहँदै आएका थिए । २०८० को साउनमा बसेको सचिवालय बैठकले पार्टीमा निष्क्रिय भएकोबारे सोधपुछ गर्ने निर्णय गरेको थियो । अहिले उक्त ठाउँमा एमालेले अरु मनोनीत गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार