बालविवाह रोक्न सक्रिय बन्दै बाल क्लब
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार १५:२१:४४
१८ साउन, दाङ । यहाँको गढवा गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय चैनपुर विद्यालयमा अध्ययनरत छात्रछात्राहरू बाल क्लबमा आबद्ध भएपछि सरसफाइसँगै सचेतनामूलक कार्यक्रममा सक्रिय देखिएका छन् ।
बाल क्लबका सदस्यहरूले बालअधिकारका विषयमा जानकारी लिँदै समुदायमा बालविवाह विरुद्धको अभियानलाई सशक्त बनाएका छन् । मुक्त कम्लरी विकास मञ्चले यसअघि देखि बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । वि.सं २०७९ साउन २४ गते विद्यालयमा बाल क्लब गठन भएपछि मञ्चको उक्त कार्यक्रमलाई बाल क्लबको अभियानले थप सहायता प्रदान गरेको छ ।
गढवा गाउँपालिका–५ बाँकेकी सरस्वती परियार विद्यालयमा गठित बाल क्लबको अध्यक्ष हुन् । उनले वि.सं २०८० मा एसईई परीक्षा दिएको हो । एसईई परीक्षा सकिए पनि उहाँ प्रत्येक महिना विद्यालयमा हुने बाल क्लबको बैठकमा सहभागी छन् । बाल क्लबमा आबद्ध भएपछि सिकेको जीवन उपयोगी सीपलाई अरू साथीहरुमाझ पुर्याउने काम गर्दै आएको छ ।
बालविवाह, प्रजनन स्वास्थ्य, नेतृत्व विकासका बारेमा जान्ने बुझ्ने कामलाई विद्यालयमा अध्ययनरत अन्य किशोरकिशोरीलाई सिकाउने गरेको उनले बताए । मनिषा चौधरी पनि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत छन् । उनी क्लबको कोषाध्यक्ष हुन् । बाल क्लबमा आबद्ध हुनुभन्दा पहिले उनलाई सबै सामु आफ्नो नाम भन्न डर लाग्थ्यो । अहिले सबैसामु ढुक्कसँग बोल्न र आफ्ना कुरा राख्नसक्ने भएको छ ।
बाल क्लबले किशोरकिशोरीमा आउने शारीरिक परिवर्तन र त्यसले पार्ने असरका बारेका खुलेर एकआपसमा कुरा गर्ने गरेको उनले बताए । साथीलाई कुनै समस्या आई लागेमा सहयोग गर्ने गरेको चौधरीको भनाइ छ ।
“बालविवाहले किशोरकिशोरीमा पार्ने शारीरिक र मानसिक असरका बारेमा छलफल हुन्छ । विद्यालय सरसफाइ प्रत्येक साता गर्ने गरेका छौँ । विद्यालयमा सिकेका कुरा घरपरिवारमा छलफल गर्ने गरेका छौँ,” मनिषाले भने । छोरा र छोरीबीच भेदभाव गर्नु हुँदैन हरेक स्थानमा समान सहभागिता दिनुपर्छ भन्ने कुरा घरपरिवार र समाजमा चेतना फैलाउने काम उनीहरुले गर्दै आएका छन् ।
२५ सदस्य रहेको बाल क्लबले गरिरहेको कामबाट धेरै खालका सकारात्मक परिवर्तन हुँदै गएको मुक्त कम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रम ‘फिल्ड मोटिभेटर’ निमा चौधरीले बताए । विद्यालय पढ्दै गरेका कतिपय किशोरकिशोरीले बालविवाह गर्ने गरेकाले यसको रोकथामका लागि बाल क्लबका माध्यमबाट निगरानी बढाएको छ ।
मुक्त कम्लरी विकास मञ्चका फिल्ड संयोजक ज्ञानु थापाले किशोर अवस्थामा उनीहरूमा आउने परिवर्तनसँगै उनीमा रहेको उत्सुकता मेटाउन बाल क्लबले सहयोगी भूमिका खेलेको बताए । समय समयमा मञ्चले तालिम सञ्चालन गरेर उनीहरुलाई सचेतना दिने गरेको छ । क्लब गठन भएयता बीचैमा पढाइ छोड्ने र कक्षामा अनुपस्थित हुने बालबालिकाको सङ्ख्यामा कमी आएको विद्यालयका प्रधानाध्यापक हिमालप्रकाश अधिकारी बताउँछन् । विद्यालयमा बाल क्लब गठन भएपछि विद्यार्थीहरूको पढाइलेखाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सहभागिता बढेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार