पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार २०:२९:५०
१८ साउन, काठमाडौं । नेपाल सेनाका पूर्वउपरथी डा रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ । आज सुनधारास्थित आर्मी अफिसर्स क्लबमा किताब जात्रा महोत्सवमा उहाँको पुस्तक लोकार्पण गर्नुका साथै समीक्षासमेत गरिएको थियो । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पुस्तकका सम्पादक रामचन्द्र फुयाँल, पत्रकार टीकाराम यात्रीले पुस्तकमाथि समीक्षा गरेका थिए ।
दश वर्षे सशस्त्र द्वन्द्वका समयमा २०६० साल भदौ ११ गते क्षत्रीमाथि तत्कालीन विद्रोही माओवादीका लडाकुले आक्रमण गर्दा घाइते भएका थिए । गोली प्रहारबाट स्पाइनल कर्ड इन्जुरी भएपछि उनले सधै ह्वीलचियरको जीवनयापन गर्न बाध्य छन् । क्षत्रीले सेनामा सेवामा ४० वर्ष भोगेका अनुभवदेखि आफ्ना जीवनमा आइपरेका उतारचढावलाई समेटेर पुस्तक निकालिएको फुयालले बताए । जीवन सुन्दर छ, किताबको शीर्षकजस्तै आत्मकथामा लेखकको इमानदारीता झल्किएको उनले उल्लेख गरे ।
पत्रकार यात्रीले जीवनदेखि निराश हुनेका लागि क्षत्रीको आत्मकथा प्रेरणादायी कृति हुने सुनाए । पुस्तकमा लेखकले जतिसुकै कठिनाई आइपरेपनि जीवन सकारात्मक कार्यबाट सुन्दर बनाउन सकिने उदाहरण दिएको बताए । सेनापति शर्माले भने क्षत्रीको सेनामा सेवावृत्त हुँदादेखि नै सक्रिय र सिर्जनात्मक स्वभाव रहँदै आएको विगत स्मरण गराए । उनका इमानदारी, प्रष्ट वक्ता र क्रियाशीलता प्रशंसनीय रहेको बताए ।
लेखक क्षत्रीले पुस्तकमा आफ्नो पुर्खाले राज्यमा दिँदै आएको योगदानदेखि, बाल्यकाल अवस्था, सेनामा सेवारत हुँदाका अनुभव र शारीरिक रुपले असक्त भएपछि जीवनमा आएका उतारचढावका विषय आत्मकथामा समेटेको सुनाए । “जीवनमा सधै एउटै लयमा चल्दैन रहेछ”, उनले भने,“मेरो भोगाइले पाठकलाई प्रेरणा मिल्छ भने म सफल भएको ठान्छु ।” यात्रा पब्लिसिङ हाउसले पुस्तक प्रकाशनमा ल्याएको हो । किताब जात्रा शनिबारसम्म रहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार