सिस्नेरी नजिकै सुमो दुर्घटना, घाइते १० कै पहिचान खुल्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १९, २०८१ शनिबार ११:४८:९
![](https://nepalbahas.prixacdn.net/media/albums/Accident-darchula_S4JmQuCfEi_L3dBMpjAtA.jpg)
१९ साउन, काठमाडौं । शनिबार विहान मकवानपुरको सिस्नेरीमा टाटा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
काठमाडौंबाट वीरगंजको लागी छुटेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहाले जानकारी दिए ।
उनका अनुसार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजार नजिकै सुमो दुर्घटना भएको हो । चालकसहित १० जना घाइतेमध्ये चालकसहित ४ जनाको अवस्था गम्भीर छ भने बाँकी ६ जना बोल्न सक्ने अवस्थामा छन् । दुर्घटनामा घाइते भएकाहरूमा भारत घर भई हाल काठमाडौँको नेपालटार बस्ने ४० वर्षीय सन्तोष रञ्जन,भारतको मोतिहारी घर भएका ५० वर्षीय रावशाती अन्सारी छन् ।
यस्तै भारत घर भई हाल ललितपुरको सानेपा बस्ने ६१ वर्षीय सतेन शाह, भारत घर भई हाल काठमाडौँको न्युरोड बस्ने २० वर्षीय अपरोज आलम,अन्य घाइतेमा सुमो चालक वीरगन्जका ३३ वर्षीय जाठिर मिया तेली गम्भीर छन् ।
भारत घर भई हाल काठमाडौँको बल्खु बस्ने ३५ वर्षीय प्रदीय राय, भारत घर भई काठमाडौँको कुलेश्वर बस्ने सुनील राय, उनकै भाई २४ वर्षका अनिल राय, भारत घर भई बल्खु बस्ने ४४ वर्षका मोहम्द मुस्लिम, बारा जिल्ला आदर्श कोतुवाला गाउँका २८ वर्षका औशान अन्सारी छन् ।
।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार