लेखा समितिमा टसल, काग्रेसले रोक्यो कुलमान घिसिङलाई अख्तियार पठाउने समितिको पत्र
नेपालबहस संवाददाता
साउन १९, २०८१ शनिबार १३:३१:२८
१९ साउन, काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादका विषयमा सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका सदस्यबीच मत बाझिएको छ । कांग्रेस सांसदहरू बक्यौता विवादको सुरुदेखिका विवरण अध्ययन नगरी कुनै निकाय वा प्रमुखमाथि अन्तिम निर्णयको अवस्थामा पुग्न लेखा समिति नमिल्ने र अध्ययनपछि मात्र नतिजालाई टेकेर निर्णय लिनुपर्ने पक्षमा देखिएका छन् ।
समितिका एक सदस्यले नेपालबहससँग भने, ‘समितिमा रहेका एमाले सांसदहरू भने विषय धेरै अगाडि देखि उठिरहेको र लिंगरिङ भइरहेकाले अख्तियारलाई छानबिनको जिम्मा दिनुपर्ने पक्षमा देखिएका थिए । कांग्रेसको विमतिपछि समितिका सभापति ऋषिकेश पोखरेलको सचिवालयमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि छानबिन गरियोस् भनेर अख्तियार पठाउन तयार पारिएको पत्र रोकिएको छ ।’
उनले कांग्रेसका सांसदले हतार गर्न नहुने र विवरण मगाएर अध्ययन गरेपछि मात्र कदम चाल्दा समिति विवादमा नआउने भनेपछि अन्य दलका सांसदहरू पनि कांग्रेसका पक्षमा उभिएको बताए । सभापति पोखरेलले पनि कांग्रेस सांसदको राय मिचेर निर्णय गर्ने कुरामा हच्किएका छन् । सभापति पोखरेल प्रमुख सत्तारुढ दल नेकपा एमालेका सांसद हुन् । पोखरेलले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादभित्र केही रहस्य भएका कारण नेकपा माओवादीले पनि चासो दिएको छ, यसैले छानबिन गर्न अख्तियार पठाउ भन्दै पत्र बनाएका थिए ।
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा संसदभित्र पनि बहस भएको छ । नेकपा माओवादीका सांसदहरूले कुलमान घिसिङको बचाउ गर्दै प्रधानमन्त्री ओलीमाथि दवाव दिन खोजिरहेका छन् । प्रधानमन्त्री ओलीले व्यवसायीबाट उठाउनुपर्ने पैसा मात्र उठाइने भनेका छन् । शुक्रबारको लेखा समितिको बैठकमा पनि निकै चर्काचर्की भएको थियो । छलफलका लागि बोलाइएका व्यवसायीहरूले कुलमानले विल दिए आफूहरू पैसा तिर्न तयार भएको बताएका थिए ।
बैठकमा सभापति ऋषिकेश पोखरेल र माओवादी सांसद अमनलाल मोदीबीच चर्काचर्की भएको थियो । सभापतिले बैठकको निर्णय सुनाउनुअघि सांसद मोदीले प्राधिकरणको कुरामा विमति राख्नुपर्ने उद्योगीको पक्षमा जस्तो देखियो नि भनेपछि सभापति झोक्किएका थिए । सांसद मोदीले भने उद्योगपतिबाट बक्यौता उठाउनुपर्ने, लाल आयोगले पहिले नै निर्णय गरिसकेको विषयलाई किन तोडमोड गरियो भनेर प्रश्न गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मंसिर ९, २०८१ आइतबार
हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएपछि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार