काभा बिच भलिबलः नेपालको दुबै टिम पुग्यो फाइनलमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १९, २०८१ शनिबार १३:४६:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/Cava-Beach-volleyball-mens-nepal-1024x683_guWOhwpOuY_FNRhl3VNY7.jpg)
१९ साउन, काठमाडौं । नेपालको पुरुष भलिबल टोली काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । भुटानमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा नेपालका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शनिबार माल्दिभ्स बी टिमलाई सोझो सेटमा पराजित गर्दै पाइनलमा पुगेको हो ।
थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा नेपालले माल्दिभ्स बी लाई २१–१०, २१–१६ को सेटमा हराएको हो । यसअघि नेपालको महिला टोली पनि प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । कमला पुन र मनीषा चौधरीको नेपाली जोडीले सेमिफाइनलमा शनिवार उज्वेकिस्तान बी टिमलाई २१–१३, २१–१२ ले पराजित गर्दै फाइनल पुगेको हो ।
नेपालको पुरुष टिमले अब फाइनलमा माल्दिभ्स ए टिमसँग तथा महिला टोलीले फाइनलमा उज्वेकिस्तान ए टिमसँग खेल्नेछ । फाइनल खेल पनि आजै हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतरुण कप भलिबल प्रतियोगिता आगामी फागुनमा
माघ २७, २०८१ आइतबार
सिन्धुपाल्चोकमा बीच भलिबल प्रतियोगिता सुरू
माघ १, २०८१ मंगलबार
सुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार