देशको आर्थिक अवस्था र सरकारको क्षमता नहेरी हुने फैसला कार्यान्वयन गर्न सकिन्नः प्रधानमन्त्री
नेपालबहस संवाददाता
साउन १९, २०८१ शनिबार १५:१७:५३
१९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयले फैसला गर्नु अघि सरकारको बाध्यात्मक अवस्थाको पनि मुल्यांकन गर्नुपर्ने बताएका छन् । उनले कहिले काँही सरकारले गर्ने नसक्ने कुरा पनि गर भनेर न्यायालयले फैसला सुनाउने गरेकाले त्यस्ता फैसला कार्यान्वयनमा समस्या हुने उनको भनाइ छ ।
संविधान संशोधन र कार्यान्वयनका विषयमा प्रधानमन्त्री ओलीले नेपाल बार एसोसिएसनका प्रतिनिधिहरूसँग गरेको छलफलमा उनले मुलुकको आर्थिक क्षमतालगायतका अवस्था हेरेर न्यायालयले फैसला गर्नु पर्नेमा जोड दिए । ओलीले अर्थतन्त्रको स्थिति नहेरी गरिने फैसला कार्यान्वयन गर्न नसकिने बताए । उनले कर्मचारीको तलब बढाउ भन्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाए ।
अर्थतन्त्रको स्थिति तनखा बढाउन सक्ने खालको छैन तर, यति यति तलब बढाऊ भनेर तिथिमिति तोकेर फैसला आएमा कार्यान्वयन गर्न व्यवहारिक रुपमा समस्या हुने उनको भनाइ छ । उनले न्यायालयको पुनर्संरचना र सुधार गर्दा सम्बन्धित सबैको आनीबानी र व्यवहारमा पनि पुनर्संरचना गर्नुपर्ने विषयमा बारका प्रतिनिधिसँग छलफल गरेका थिए ।
उनले सरकारले संविधान संशोधन गरेर प्रतिगमन ल्याउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यवसायीलाई आग्रह गरे । जनताको आवश्यकता अनुसार दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्ने व्यवस्था संविधानमै गरिएकाले जनमतप्रति विश्वस्त रहन र त्यसको वातावरण निर्माण गर्न उनको कानुन व्यवसायीलाई आग्रह थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश
माघ ७, २०८१ सोमबार
अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश
माघ ७, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार