मौसम : देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली !
इन्द्र रिजाल
बैशाख १६, २०७६ सोमबार २०:४:१९
Shares
काठमाडौं । मौसम पूर्वनुमान महाशाखाले आगामि ३ दिनको विवरण सार्वजनिक गरेको छ । सोमबार बिहान एक सुचना जारी गर्दै विभागले आगामी ३ दिनको मौसमको जानकारी दिएको हो ।
मौसम शाखाका अनुसार सोमबार,मंगलबार र बुधबार देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली हुन सक्ने सम्भावना रहेको छ ।
हेर्नूस आगामी ३ दिन मौसम यस्तो छ :
बैशाख १६ गते (सोमबार):
दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली र बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका केही स्थानमा तथा मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति: देशको पूर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमी पहाडी भेगमा आंशिक बदलि र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ | देशका पूर्वी पहाडी भेगका थोरै स्थानमा तथा मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
बैशाख १७ गते (मंगलबार):
दिउँसोः देशको पूर्वी भू-भाग लगायत मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति: देशका पहाडी भेगमा मौसम आंशिक देखि सामान्य बदलि रहनेछ। देशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
बैशाख १८ गते (बुधबार):
दिउँसोः देशको पश्चिमि पहाडि भेगमा सामान्य बदली, मध्य र पुर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदलि र बांकि भू-भागमा मौसम आंशिक बदलि रहनेछ । देशका पश्चिमि पहाडि भेगका केहि र बाँकि पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति: देशको पश्चिमि पहाडि भेगमा सामान्य बदली, मध्य र पुर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदलि र बांकि भू-भागमा मौसम आंशिक बदलि रहनेछ ।देशका पहाडि भेगका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
Shares
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
माधव नेपालसँग बामदेव गौतमले मागे कार्यकारी भूमिका, झलनाथपछिको वरियता
पुष १५, २०८१ सोमबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार