काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
नेपालबहस संवाददाता
साउन १९, २०८१ शनिबार १८:५४:२५
१९ साउन, काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।
नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो । यो जितपछि नेपालले २ अंक हासिल गरेको छ भने भारतले एक अंक हासिल गरेको छ । यो जित पछि नेपालको २ खेलमा ५ अंक भएको छ भने भारतको ३ खेलमा ७ अंक भएको छ ।
यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिगचरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
नक्कली डाक्टर बनेर लुटपाट गरेपछि...
पुष १२, २०८१ शुक्रबार
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि
पुष १२, २०८१ शुक्रबार
श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे काठमाडौं आउँदै
पुष १२, २०८१ शुक्रबार
बागमती बगरमा तरुल उत्पादन गर्दै किसान
पुष १२, २०८१ शुक्रबार