अपराधमा दोषी ठहरिएका ७ सय ७३ जना फरार
नेपालबहस संवाददाता
साउन १९, २०८१ शनिबार २०:११:२२
१९ साउन, त्रिशूली । नुवाकोटमा भएका विभिन्न अपराधका घटनामा संलग्न रहेको पुष्टि भएका सात सय ७३ जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार विगतदेखि हालसम्म विभिन्न अपराधमा दोषी ठहर भएका ती व्यक्तिलाई फैसला कार्यान्वयनका लागि खोजतलास भइरहेको छ । नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार कार्यसम्पादन फरार अपराधीको सङ्ख्या नौ सय १३ जना रहेको थियो । हालै सम्पन्न आर्थिक वर्ष २०८०/८१ मा एक सय २७ जनालाई पक्राउ गरिएको र १३ जना आफैँ न्यायालयमा हाजिर भएका छन् ।
जिल्लाको विभिन्न न्यायिक निकायको अन्तिम फैसलाबाट दोषी ठहर भएर फैसला कार्यान्वयन गर्नुपर्ने अपराधीको सङ्ख्या सात सय ७३ जना रहेका छन् । “पछिल्लो एक वर्षमा एक सय २७ जनालाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि सम्बन्धित न्यायालयमा बुझाएसँगै उनीहरूबाट ६८ वर्ष तीन महिना १३ दिन कैद कट्टाको प्रक्रियामा गएको छ ,” प्रहरी प्रमुख कोइरालाले भने, “पक्राउ परेकामध्ये न्यायालयबाट दोषी ठहरिएर जरिवाना तोकिएकाबाट रु २४ लाख १९ हजारभन्दा बढी भुक्तान भएको छ ।”
नुवाकोटका न्यायालयबाट दोषी ठहर भएका तथा अदालतमा अभियोग लागेका प्रतिवादीलाई पछिल्लो समयमा खोजतलास तथा पक्राउ गर्ने क्रम तीव्र बनाएसँगै फैसला कार्यान्वयनमा निकै सुधार आएको प्रहरीको दाबी छ । लामो समयदेखि फरार रहेकालाई सम्बन्धित न्यायालयमा उपस्थित गराउन तथा आफैँ न्यायालयमा उपस्थित हुन प्रहरीले चलाएको अभियानअन्तर्गत अघिल्ला वर्षको तुलनामा हालै सम्पन्न आर्थिक वर्षमा निकै सुधार आएको छ । फरार व्यक्ति पक्राउमा १० प्रतिशत र जरिवाना असुलीमा ४३ प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्याङ् छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभ्याटबिल प्रकरणमा सर्वोच्ले भन्यो, नक्कली बिलबिजक भेटिएपछि अरू प्रमाण आवश्यक छैन
मंसिर २६, २०८१ बुधबार
मानवअधिकारको रक्षा गर्नु हामी सबैको दायित्व होः प्रधानन्यायाधीश राउत
मंसिर २५, २०८१ मंगलबार
लिखित जवाफ माग्दै रास्वपा नेताहरूलाई सर्वोच्चले भन्यो, तपाईंहरुमाथि किन कारवाही नगर्ने ?
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार