पेरिस ओलम्पिकमा ६० देशले जिते पदक, चीन शीर्ष र अमेरिका दोस्रो स्थानमा
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार ८:१:४८
२० साउन, काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जितेका छन् । शुक्रबार सम्पन्न खेलपछि ४० देशले स्वर्ण पदक जितेका छन् भने कुल ६० देशले पदक जितेका छन् । जसमा चीन १६ स्वर्ण, १२ रजत र ९ काश्य पदक जितेर शीर्ष स्थानमा रहेको छ भने अमेरिका १४ स्वर्ण, २४ रजत र २३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १५ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १२ स्वर्णसहित ८ रजत र ७ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।
त्यसैगरी ग्रेट ब्रिटेन १० स्वर्ण, १० रजत र १३ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ९ स्वर्ण, ७ रजत र ५ काश्य पदक जितेको छ भने जापानले ८ स्वर्णसहित ५ रजत र ९ काश्य पदक जितेको छ । त्यसैगरी इटालीले ६ स्वर्ण, ८ रजत र ५ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ६ स्वर्ण, ४ रजत र ४ काश्य पदक जितेको छ । त्यस्तै क्यानडाले ४ स्वर्ण, ४ रजत र ७ काश्य पदक जितेको छ भने जर्मनीले ४ स्वर्ण, २ रजत र २ काश्य पदक जितेको छ ।
त्यसैगरी रोमानिया, हंगेरी र आयरल्याण्डले ३-३ स्वर्ण पदक जितेका छन् भने न्यूजील्याण्ड, क्रोसिया, बेल्जियम, हङकङ र अजरबैजानले २-२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी ब्राजिल, इजरायल, स्विडेन, जर्जिया, स्वीजरल्याण्ड, स्पेन, काजकिस्तान, दक्षिण अफ्रिका, युक्रेन, उज्बेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, डोमिनिक, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, फिलिपिन्स, सर्बिया र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, जमैका, कोसोभो, टर्की, डेनमार्क, इथोपिया, फिजी, मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, चाइनिज ताइपेइ, अस्ट्रिया, इजिप्ट, ग्रेनाडा, लुथियाना, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार