आर्थिक अभावले निर्माण रोकिएको मन्दिर बनाउन हिन्दु सम्राट सेनाले सहयोग गर्ने
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार १०:२५:४२
२० साउन, रौतहट । रौतहटको नगरपालिका वडा नम्बर ४ स्थित निर्माणधिन विष्णु भगवानको मन्दिर बनाउन हिन्दु सम्राट सेनाले सहयोग गर्ने भएका छन् । जनप्रतिनिधिको असहयोग तथा आर्थिक अभावका कारण विगत ६ वर्षदेखि अलपत्र रहेको मन्दिर निर्माणका लागि हिन्दु सम्राट सेना अघि बढेको हो।
हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश यादव सहितको टोली शनिवार मन्दिर प्राङ्गणको अवलोकन गर्दै अलपत्र मन्दिर निर्माणका लागि आफ्नो टिम तयार रहेको प्रतिबद्धता ब्यक्त गरेका हुन् । हिन्दु सम्राट सेनाको तर्फबाट नगद २० हजार सहयोग गर्दै देश÷बिदेशका सहयोगी हातलाई यस मन्दिर निर्माणका लागि सहयोग गर्न उनले अपिल समेत गरेका छन् ।
रौतहटको सदरमुकाम समेत रहेको गौर नगरपालिका वडा न. ४ टिकुलिया स्थित सोबर्नामाईको प्राङ्गणमा रहेको विष्णु भगवानको मन्दीर निर्माणका लागि स्थानीय पत्रकार संजय सहनीले ६ बर्ष पहिला शिलान्यास गराएका थिए। मन्दीर निर्माणबाट चर्चित एवं एतिहासिक सोबर्नामाई प्राङ्गणमा आन्तरिक तथा बाह्य पर्यटनको आवगम हुने र यसबाट पर्यटन क्षेत्रमा टेवा पुग्ने पत्रकार सहनीको भनाई छ।
पत्रकार सहनीले जति प्रयास गर्दा पनि सरकारले बजेट नदिएको गुनासो गर्दै अब स्थानीय र देश बिदेशकै सहयोगबाट भए पनि यो आर्थिक बर्षमा अधुरो मन्दिर निर्माणको काम पुरा गर्ने दाबि गरेका छन् । उनले हालसम्म मन्दिरको करिब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको भएको र थप निमार्णका लागि करिब ५० लाख रुपैयाँ लाग्ने अनुमान् रहेको जानकारी दिए । सहनीले आफ्नो अगुवाईमा निर्माण हुन लागेको मन्दिर अलपत्र परेको बेला हिन्दु सम्राट सेना थप सहयोग गर्न आएको भन्दै खुशी व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार