नेता व्यवस्थापनमा नारायणकाजी तगारो, प्रचण्डका लागि कति अनुकुल बन्नसक्छ विशेष महाधिवेशन ?
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार १२:९:१३
२० साउन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेसँग पालैपालो सत्ता सहकार्य गरेर बाहिरिएको नेकपा माओवादी केन्द्र विशेष महाधिवेशनको तयारीमा लागेको छ । पदाधिकारी बैठकमा नेतृत्वको आलोचना भएपछि माओवादी विशेष महाधिवेशनको तयारीमा लागेको हो । पदाधिकारी भंग गर्दै विशेष महाधिवेशनमा जाने तयारीमा लागेको माओवादीका एक नेताले बताए ।
लामो समय सत्तामा रजगज चलाउँदै आएको माओवादी नेतृत्व अहिले प्रतिपक्षमा पुगेपछि संगठन निर्माणमा लागेर पीडा भुलाउने मनसायमा देखिन्छ । कार्यकर्ता तहबाट समेत अब सत्ताको खेलमा नलागी पार्टी पुनर्जागरणमा लाग्नुपर्ने दबाब आइरहेको छ । फेरि सत्ताकै वरिपरि भुल्ने कि संगठन विस्तारमा लाग्ने भन्ने स्पष्ट निर्णय भने नेतृत्वले लिन सकेको छैन ।
साउन ११ देखि १५ गतेसम्म बसेको माओवादी केन्द्रको पदाधिकारी बैठक निकै सकसपूर्ण भएको थियो । नेताहरूले सरकारबाट अप्रत्याशित बाहिरिनुको कारणबारे मात्र समीक्षा गरेनन् खस्किँदै गएको पार्टीको साख र विरासत जोगाउने अन्तिम प्रयासबारे छलफल गरेका थिए । अब जनतामा पुगेर पार्टी पुनर्गठनमा लाग्ने संकल्प धेरै नेताले गरे पनि सत्ता समीकरण भत्काउने खेल मै लाग्ने कि पार्टी निर्माणको अवसरलाई सदुपयोग गर्ने भन्ने ठोस निर्णय बैठकले गर्न सकेन । त्यसो त पदाधिकारी बैठकमै उपमहासचिव हरिबोल गजुरेलले सामूहिक राजीनामाको प्रस्ताव मात्र गरेका थिए । उनको सो प्रस्ताव नमानेपछि आफू राजीनामा दिन तयार रहेको घोषणा नै गरेका थिए ।
अहिले अध्यक्ष पुष्पकमल दाहाल पदाधिकारीहरूलाई भंग गरेर विशेष महाधिवेशनको तयारीमा जाने मनसायमा रहेको निकट नेताहरूको प्रतिक्रिया छ । तर पार्टीको वैचारिक स्पष्टता अभाव भएको हो या संगठन संरचना नै अलपत्र परेर पार्टी कमजोर भएको हो भन्ने नेतृत्वले स्पष्ट पार्न सकेको छैन । माओवादी केन्द्रको केन्द्रीय समितिदेखि जनवर्गीय संगठनहरूको भद्दा आकारलाई धेरैले बेकामे ठानेका छन् । यसैलाई पार्टी कमजोर बन्ने आधार भएको उनीहरूको बुझाइ छ ।
तर केही नेता सत्ता र शक्तिको पछि लाग्दा पार्टी कमजोर भएको तर्क गरिरहेका छन् । कमजोर भएकै कारण सरकारबाट लज्जास्पद बहिर्गमन हुनु परेकाले अब जनताबाटै बलियो बनेर आउने आधार तयार गर्नुपर्ने मत बलियो छ । तर नेतृत्वले निर्णय नगर्दासम्म माओवादी केन्द्र अझै अलमलमै परेको देखिन्छ । करिब ९ वर्षपछि संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारबाट बाहिर रहनुको कारणबारे आत्मसमीक्षा गरेपनि सरकारमा नजाने भनेर कतै भनेका छैनन् । प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस एमाले मिलेपछि सत्ताबाट बाहिरिएसँगै कांग्रेस र एमालेसँग आफ्नो सहकार्य नटिक्नुको कारण खोजी गर्दै संगठन निर्माण गर्ने उनको उद्घोषमा माओवादीका नेताहरूले साथ दिने अवस्था रहेसम्म सरकारमा जाने प्रस्ताव नआएसम्म प्रचण्डले संगठनलाई जोड दिने नेताहरूको भनाई छ ।
उनले केही दिन अघि पहिलो पटक एमालेसँगको सहकार्य कमजोर हुनुमा र पछिल्लो पटक कांग्रेससँगको सहकार्य कमजोर हुनुमा आफ्नै पार्टीका नेताहरूको व्यवहार र कामभन्दा बढी प्रचार गर्नु तथा सहकार्यरत दलसँग निहुँ खोज्नु रहेको समीक्षा गरेका थिए । सधैं सत्तामा रहने प्रचण्डको पछिल्लो रणनीति कांग्रेस एमालेको सहकार्यबाट असफल भएको थियो । तेस्रो शक्तिको रूपमा स्थापित भएर कहिले कांग्रेस, कहिले एमालेलाई प्रयोग गरेर सत्तामा टिक्ने प्रचण्डको प्रयास १९ महिनापछि विफल भएपछि यसको समीक्षा तर्फ लागेका छन् ।
खासगरी पार्टीभित्र रहेका ‘स्टण्डबाज’का कारण कांग्रेससँगको सम्बन्ध बिग्रेको उनको मूल्यांकन रहेको छ । ‘नारायणकाजी श्रेष्ठले अनावश्यक रुपमा ‘स्टण्ड’ गर्न खोज्दा कांग्रेससँगको सम्बन्ध दीर्घकालीन रुपमा बिग्रेको महसुस गर्नुभएको छ, श्रेष्ठले यो विषयमा सञ्चारमाध्यमलाई पनि अनावश्यक रुपमा प्रयोग गरेको पार्टी अध्यक्षको बुझाई छ’, खुमलटारमा प्रचण्डसँग आत्मसमीक्षामा सँगै रहेका एक पदाधिकारीले भने ।
पार्टीभित्र यसअघि अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सत्ता केन्द्रित हुँदा सम्बन्ध बिग्रेको आरोप लागेपनि पछिल्लो पटक प्रचण्ड भने श्रेष्ठकै कारण सत्ताबाट बाहिर रहनुपरेको निष्कर्षमा पुगेका हुन् । प्रचण्डले यसको संकेत गत साता पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दा पनि गरेका थिए । ‘यो गठबन्धन बढो अमूर्त ढङ्गले बनेको छ, जनताले त्यसलाई बुझिरहेका छन्। विगतको इतिहास पनि छ । घटनाक्रम पनि छ । संविधान मिच्ने, समावेशी, समानुपातिक प्रतिनिधित्वको प्रणालीलाई उल्ट्याउने, सङ्घीयतालाई परिमार्जित गर्ने होइन त्यसलाई पनि पछि हटाउने खतरा छ, हाम्रो पार्टीभित्र खेल्न खोज्नेहरू पनि देखिए,’ उनले भनेका थिए ।
पदाधिकारी स्थायी कमिटी र केन्द्रीय कमिटी, केन्द्रीय निकायहरू र विभिन्न जन संगठन र वर्गीय संगठनहरूका भेला सम्मेलन गर्दै युनिफाइड रूपमा एकताबद्ध भएर जनतामा जानुपर्नेमा दृढ रहेको बताइरहँदा उता नारायणकाजी श्रेष्ठले प्रचण्डले नेतृत्व हस्तान्तरण गरेमा आफू लिन तयार रहेको बताएर प्रचण्डलाई थप सशंकित बनाएका थिए । श्रेष्ठले यसो भनिरहेको विषयलाई प्रचण्डले निकै ध्यानपूर्वक सुनिरहेका थिए । अहिले अध्यक्षपछि शक्तिशाली मानिएको महासचिवमा वर्षमान पुन र जनार्दन शर्माबीच टकराब हुँदा गत महाधिवेशनमा देव गुरुङलाई ल्याएका सन्तुलन गरेका प्रचण्डले नारायणकाजीको यो भनाईलाई ध्यानपूर्वक सुनेर केही जवाफ फर्काएका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार