धनुषामा नेपाल प्रहरी र सशस्त्रका एसपी गिरीकै निर्देशनमा लाइन खुला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार १२:७:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/police_zNUWbFMh3z_fvCqkOZbmf.jpeg)
२० साउन, धनुषा । पछिल्लो समय धनुषामा तस्करी पनि बढेको भन्दै सशस्त्र प्रहरी मुख्यालयले निगरानी बढाएको छ । जनकपुर भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी बढेको व्यापारीहरूले गुनासो गरेपछि सशस्त्र प्रहरी मुख्यालयले निगरानी बढाएको हो ।
नेपाल प्रहरीका एसपी भुवनेश्वर तिवारी र सशस्त्र प्रहरीका एसपी दर्शन गिरी आउने बित्तिकै केही दिन सीमा नाकाहरू ठप्प पारेका थिए । पछि तस्करी तथा ठूला व्यापारीहरूसँग कुरा मिलेपछि धनुषाका विभिन्न नाकाबाट व्यवस्थित तस्करी फस्टाएको छ । तस्करीका तरिका पुरानै रहे पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले धनुषाभरिका लागि ३/३ जना घुमुवा राखेर आर्थिक उपार्जन गरेको र सीमा नाका खुल्ला गरेको स्रोतले जनाएको छ ।
‘पछिल्लो समय जटही छोटी भन्सारमा कार्यरत सशस्त्र प्रहरी जगदीश दासले जटहीदेखि धनौजीसम्मका व्यापारीहरूको लाइन मिलाउँछन् । धनौजीदेखि खजुरी, इनरुवासम्मको लाइन मिलाउने जिम्मा मूल भन्सारमा कार्यरत सुब्बा रामेश्वर चौधरीलाई दिइएको छ,’ सशस्त्र प्रहरीकै एक अधिकृतले भने । सुरेश साह, गफार मिया, अमोध यादवसहित अन्य व्यापारीहरूसँग मोटो रकम लिई राति तस्करी गराउँदै आएको एक व्यापारीले मुख्यालयमा उजुरी गरेको स्रोतको दावी छ । भारतबाट आयात हुने एसबेष्डस, तेल गुट्खालगायत कतिपय घरायसी सरसामान प्रतिबन्ध भए पनि हाल यिनै सरसामान बढी तस्करी हुने गरेको छ ।
व्यापारीको उजुरीपछि सशस्त्र मुख्यालयले दुई पटक एसपी गिरीलाई सोधपुछका लागि बोलाएको थियो । उनी शक्तिकेन्द्रको दबाबमा पुन: धनुषा जान सफल भएका थिए । अहिले मैनाथपुर प्रस्तावित सीमा सुरक्षा बेस बोर्डर आउट पोष्ट (बीओपी)मा कार्यरत डीएसपी भरत गौतमलाई परिचालन गर्ने त्यसलाई खुला राखेर तस्करी गरेको आरोप एसपी गिरीमाथि रहेको छ । धनुषाको अर्को नाका जटहीबाट पनि तस्करी भइरहेको भन्दै छिन्नामस्त बाहिनीले पनि एसपी गिरीलाई स्पष्टीकरण सोधेको थियो ।
भारतको विहार सरकारले मदिरा निषेध गरेपछि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँ शहरमा पुर्याउँदै आएका छन् । यी नाका भएर पारिबाट दैनिक उपभोग्य सामग्री चिनी, प्याज, आलु, दाल, चामल, धान, लता कपडा, तेलसहित लागूऔषध, मोटरपार्टस्, कस्मेटिक्सका सामान तस्करी भएर वारिका शहर पुग्ने गरेको छ । पछिल्लो समय लाइटर (ग्यास चुलो बाल्ने), टुथपेस्ट, कपालमा लगाउने तेलको भारत तस्करी यस भेगका लागि नौलो घटना बनेको छ । सशस्त्र प्रहरी नं. ८ गण धनुषाका एसपी गिरीले घुमुवा परिचालन गरी तस्करीको लाइन दिएका हुन् ।
तर पूर्व प्रधानमन्त्री प्रचण्डको नजिक रहेको देखाएर उनी कारवाहीबाट जोगिँदै आएका छन् । प्रचण्डलाई बाु नाता लगाउने र गंगा दाहाललाई दिदी नाता लगाएर उनले सशस्त्र प्रहरीमा चेनअफ कमाण्ड उल्लंघन गर्ने गरेका छन् । शैलेन्द्र खनाल आईजीपी हुँदा पनि प्रचण्डको दबाबमा रसुवा बसेका गिरीले कार्यदलमा आएपछि काठमाडौंको सानो भर्याङमा घर बनाउँदा कार्यदलका सिपाही प्रयोग गरेको उजुरी परेको थियो । अहिले धनुषामा तस्करीकै उजुरी पर्दा पनि शक्तिकेन्द्रको आडमा प्रहरी महानिरीक्षक राजु अर्याललाई धम्क्याएर बसिरहेका छन् ।
एसपी गिरीले घुमुवा राखेको स्रोतको दावी छ । सहायक हवलदारहरू ध्रुव खड्का र लील भुजेललाई खड्का यसअघि खजुरी बीओपीमा सादा पोसाकमै परिचालित थिए । ५ वर्षदेखि उनी खजुरी बीओपीमा घुमुवाको काम गर्दै आइरहेका थिए । एसपी गिरीले ८ नम्बर गणको कमाण्ड सम्हाल्ने बित्तिकै खड्का र भुजेललाई तस्करहरूसँग सेटिङमा परिचालन गरेका छन् । देखावटी रूपमा गणको मूल गेटमा ड्युटीमा राखिए पनि उनीहरू तस्करहरूसँग सेटिङमै बढी व्यस्त हुने गरेको स्रोत बताउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरीद्वारा ठूलो परिणामको लागूऔषधसहित ११ जना पक्राउ
माघ २५, २०८१ शुक्रबार
सशस्त्रमा दुश्मन हेरेको हेर्यो भन्ने गीतको चर्चा !
माघ १६, २०८१ बुधबार
सशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
आज कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग
फागुन २, २०८१ शुक्रबार
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमा दोस्रो
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
आज कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग
फागुन २, २०८१ शुक्रबार
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमा दोस्रो
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
आज कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार