मन्त्रालयभित्र बनिरहेका छन न्यूनतम् साझा कार्यक्रम
प्रधानमन्त्री फेरिने तर, न्युनतम साझा कार्यक्रम नफरिने गरी सबै मन्त्रालय समेटेर अर्थमन्त्री पौडेललाई संयोजन गर्ने जिम्मा दिइएको छ
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार ११:४४:२९
२० साउन, काठमाडौं । अहिले १७ असारमा दुई दल मिलेर सरकार बनाउने सहमति गरेका नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पनि साउन ६ गते नै लिइसकेका छन् । उनी प्रधानमन्त्री भएसम्म फेरी विश्वासको मत लिनुपर्ने अवस्था छैन । उनी आफैले म दुई वर्षका लागि प्रधानमनत्री भएको र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने भनिसकेका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारमा मन्त्री र सचिवसँगको छलफल र एमाले सचिवालयको छलफलमा प्रधानमन्त्री फरिए पनि सहमति र न्यूनतम् साझा कार्यक्रम नफेरिने भनेका थिए । तर, ती न्यूनतम् साझा कार्यक्रम केहुन भन्ने आएको छैन । एमालेले पनि यस्ता कार्यक्रम भनेको छैन, कांग्रेसले पनि भनेको छैन । अन्य दल र जनताले भने कस्ता न्युनतम साझा कार्यक्रम सम्पन्न गर्ने भनेर कांग्रेस र एमालेले मिलेर सरकार बनाएका हुन त्यसको खाका आएन भन्न थालेका छन् ।
अन्य गठबन्धन सरकार बन्दा सरकार बनेको एकसाता मै न्युनतम साझा कार्यक्रम भनेर सार्वजनिक गर्ने चलन थियो । कांग्रेस र एमालेको सयुक्त सरकार बनेको तीन साता हुन लागेको छ । साझा कार्यक्रम आएका छैनन् । सातबुँदे सहमति गर्दा राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्य देखाइएको थियो ।
मूलत यीनै विषय नै साझा न्युनतम कार्यक्रम भएको एमालेका एक नेताले बताए । उनका अनुसार कांग्रेस र एमाले सरकारका यी न्युनतम साझा कार्यक्रम भनेर नआउन सक्ने सम्भवना छ । साझा कार्यक्रम नभएर अर्कै नाममा प्रधानमन्त्री ओली र त्यसपछि आउने शेरबहादुर देउवाले नेतृत्व गर्ने समयभित्र यति काम गरिसक्ने भनेर एउटा मापदण्ड सार्वजनिक हुने उनले बताए । देउवा प्रधानमन्त्री बनेर स्थानीय र संघीय निर्वाचन सम्पन्न गरी नयाँ सरकार नबनेसम्मका लागि तलमाथि नहुने गरी कार्यक्रम बनाइन्छ उनले भने ।
कांग्रेस नेताहरुको भनाइ पनि उस्तै छ । अब प्रधानमन्त्री मात्र फरिने हो । अरु जे सहमति भएका छन तिनै कार्यक्रम अगाडी बढ्छन । तर, दुई दलबीच कस्ता कार्यक्रम हुन भन्ने खुलाइएको छैन् । कांग्रेसले साझा कार्यक्रमबारे बैठक बसेर छलफल नभए पनि बनिरहेको बताएको छ । नेताहरुको भनाइमा र्काक्रमम बनिरहेका छन् । यसको संयोजन अर्थमन्त्री विष्णु पौडेलले गरिरहेका छन् । सातबुँदेमा आलोपालो प्रधानमन्त्रीबाहेकका विषयमा अहलिे कार्यक्रम बनिरहेका छन् ।
कांग्रेसका नेताहरुको भनाइमा पनि समझदारीअनुसारका विषयलाई प्राथमिकतामा राखेर सरकारका प्राथमिकता निर्धारण मन्त्रालयहरुले गरिरहेका छन् । यसैले दुई दलबीच न्यूनतम साझा कार्यक्रम नभनिएको हो । कस्ता विषय प्राथमिकतामा राख्ने भन्ने कतिपय विषय समझदारीले पनि बोलेकै छ । सरकारका सात प्राथमिकता छन् । त्यसमा टेकेर कार्यक्रमहरु बन्छन । समझदारीभन्दा बाहिरका पनि कार्यक्रम बन्छन । प्रचण्ड सरकारले ल्याएका राम्रा नीति र कार्यक्रमहरु पनि राखिन्छ । अघिल्लो सरकारले ल्याएका सबै कार्यक्रम फेनुपर्छ भन्ने छैन । राम्रा कार्यक्रम राखिन्छ । सबै मन्त्रालयको रिपोर्ट आएपछि दुई दल बसेर निर्णय हुन्छ, कांग्रेसका एक नेताले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार