हामी अनलाईनबाटै नागरिकता दिने अन्तिम तयारीमा छौं : प्रजिअ नेपाल
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार ११:४६:१७
२० साउन, स्याङ्जा । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र जिल्लामा क्रियाशील पत्रकारहरूबीच अन्तरक्रिया गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालयद्वारा हालसम्म भएका कार्य प्रगतिका बारेमा पत्रकारहरूलाई जानकारी दिइएको थियो ।
कार्यक्रममा प्रजिअ नेपालले प्रशासन कार्यालयले दिने सेवा सुविधा तथा पछिल्लो समयमा सार्वजनिक जग्गा संरक्षणका विषयमा जानकारी गराएकी थिइन् । सार्वजनिक जग्गाको संरक्षणलाई प्रशासनले उपलब्धीमुलक कार्यका रुपमा लिएको प्रजिअ नेपालले दावी गरिन् । पत्रकारहरु सगँ कुरा गर्दै प्रजिअ नेपालले पब्लिकले दुःख पाउन हुदैन भन्ने उद्देश्य राखेर सेवा प्रवाहमा ध्यान दिँदै आएको बताइन् ।
बजार अनुगमन, प्राकृतिक विपदको तत्काल उद्धार र राहतको व्यवस्थापन, सडक अनुगमन लगायत दैनिक प्रशासनले गर्दै आएको सेवाप्रवाहमा प्रशासनले कुनै कसुर बाँकी नराखेर काम गरेको जानकारी दिइन् । हामी अनलाईनबाटै नागरिकता दिने अन्तिम तयारीमा छौं प्रजिअ नेपालले भनिन्,‘पालिकाहरुको वडा तहमा तयारी नपुग्दा अलि ढिला भएको छ ।’ सबै पालिकाले वडातहबाट अनलाईन मार्फत नागरिकता माग फारम पठाएमा प्रशासन नागरिकता दिन तयारी अवस्थामा छ उनले भनिन् । अब नागरिकलाई प्रविधिमा जोडेर सेवा प्रवाह गर्नुपर्ने सुझाव प्रजिअको छ । यसमा स्थानीयतहले चासो दिनु आवश्यक रहेको उनले बताइन् । सेवा प्रवाहमा प्रक्रियागत पुगेको काममा ढिलाई भएमा प्रशासनमा जानकारी गराउन समेत प्रजिअ नेपालले पत्रकारहरुलाई आग्रह गरिन् ।
प्रशासनले बेला÷बेलामा स्थानीय तहका प्रमुख र प्रशासकीयहरु सगँ अन्तरक्रिया गर्ने, उद्योगी व्यवसायी, यातायात व्यवसायी, औषधी व्यवसायी लगायत नागरिकसँग जोडिएका सरोकारवाला निकायहरू सँग अन्तरक्रिया गरी नागरिकको सेवा सुविधामा ध्यानाकर्षण गराएको सहायक प्रजिअ तथा सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए । असार २१ र २२ गते आएको अविरल बर्षाद्का कारण आएको बाढी पहिरोले जिल्लाभर पु¥याएको क्षतीको विवरण संकलन गर्ने कार्य जारी रहेको र बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रशासनले तत्काल राहत उपलब्ध गराएको जानकारी पौडेलले दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, पूर्व अध्यक्ष प्रकाश डोटेल लगायतले आगामी दिनमा पनि भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै नागरिकलाई थप सुसूचित बनाउने सन्दर्भमा छलफल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार