तनहुँमा सुक्खाटारबाहेक अधिकांश ठाउँमा रोपाइँ सकियो
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार १२:५४:२५
२० साउन, तनहुँ । साउनको तेस्रो सातासम्म तनहुँका अधिकांश ठाउँमा धान रोपाइँ सकिएको छ । सुक्खाटारबाहेकका अधिकांश भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार हालसम्म ९६ दशमलव दुई प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । उनले हालसम्म सात हजार छ सय ७४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको जानकारी दिए ।
सिँचाइ सुविधा पुगेका अधिकांश ठाउँमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नपुगेका केही ठाउँमा रोपाइँ हुन बाँकी रहेको उनको भनाइ छ । आकाशे पानीको भरपर्नुपर्ने ठाउँमा भने रोपाइँ हुन केही समय लाग्ने उनले उल्लेख गरे । परियारले भने, “आकाशे पानीको भरपर्नुपर्ने ठाउँमा रोपाइँ ढिला हुन्छ । कुलो र नहरबाट पानीको व्यवस्था भएका ठाउँमा रोपाइँमा सहजता हुन्छ ।”
केन्द्रका अनुसार जिल्लाका करिब आठ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायतका धानखेती हुने गरेको केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ३३ हजार दुई सय ८० मेट्रिकटन बर्खे र सात हजार नौ सय ३८ मेट्रिकटन चैते धान उत्पादन भएको थियो ।
जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । यस्तै ५१ हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । झण्डै १३ हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ । छ हजार तीन सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइको सुविधा पुगेको छ भने सात हजार दुई सय ३६ हेक्टर क्षेत्रफलमा मौसमी सिँचाइको सुविधा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार