वालिङमा बसाइँसरी आउनेको तुलनामा जाने तेब्बर
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार १३:५४:३२
२० साउन, स्याङ्जा । पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार यहाँको वालिङमा बसाइँ सरी आउनेको तुलनामा जाने तेब्बर देखिएका छन् । व्यक्तिगत घटना दर्ता प्रतिवदेनअनुसार वालिङमा पछिल्ला दुई आवमा एकहजार चार सय १७ जना बसाइँ सरेर गएका छन् भने चार सय ८१ जना बसाइँ सरी आएका छन् ।
वालिङ नगरपालिका पञ्जिकरण शाखाका ‘फोकल पर्सन’ नारायण रेग्मीका अनुसार आव २०७९/०८० मा दुई सय २२ घरधुरीका आठ सय १२ जना बसाइँ सरी गएका थिए । सोही आवमा ७५ घरधुरीका दुई सय ८४ जना बसाइँ सरी आएका थिए ।
आव २०८०/०८१ मा एकसय ८१ घरधुरीका छ सय पाँच जना बसाइँ सरी गएका छन् । सोही आवमा ५५ घरधुरीका एकसय ९७ जना बसाइँ सरी आएका छन् ।
वालिङ नगरपालिकाका केही वडामा बजार विस्तार भइरहेको छ । केही वडा ग्रामीण र भौगोलिक दृष्टिले विकट छन् । ग्रामीण तथा विकट क्षेत्रबाट बजारमा बसाइँ सर्ने र बजारमा बस्दै आएकाहरु ठूला शहर तथा विदेश जाने प्रचलन बढ्दै गएको हो ।
“स्वास्थ्य, शिक्षा र अन्य सुविधाका लागि ग्रामीण वडाबाट शहरी वडामा बसाइँ सरेर आउने र शहरी वडाबाट अन्यत्र बसाइँ जाने गरेको देखिन्छ”, रेग्मीले भन्नुभयो, “समग्रमा नगरपालिकाभित्र आउनेभन्दा जाने बढी देखिएको छ ।”
नगरका १४ वटा वडाबाट बसाइँसराई गर्ने केही नगरभित्रकै एउटा वडाबाट अर्को वडामा गएको र धेरैजसो वालिङभन्दा अन्यत्र गएको तथ्याङ्क छ । वालिङमा उच्च शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता कारणले गर्दा यहाँबाट बसाइँसराई गरी अन्यत्र जाने गरेको नगर प्रमुख कृष्ण खाँणले बताए ।
“बसाइँसराईका मुख्य कारण स्वास्थ्य, शिक्षा, रोजगारी मुख्य हुन् भने अन्य कारण पनि हुन सक्छन्”, उनले भने, “वालिङमा बसाइँ सरी आउनेभन्दा जाने धेरै हुनु पक्कै राम्रो कुरा होइन, यो गम्भीर विषय भएकाले यो छलफलको विषय बनाउनु जरुरी छ ।”
यहाँका नागरिकलाई वालिङमै रहने वातावरण बनाउन वालिङ नगरपालिकाकोतर्फबाट गर्न सकिने सबै प्रयास गर्न नगरपालिका प्रतिवद्ध रहेको उनले बताए ।
वालिङमा सुविधा सम्पन्न अस्पताल नहुनु, सिद्धार्थ राजमार्गलगायतका सहायक सडकको स्तरोन्नति नहुनु, उच्च शिक्षा अध्ययनकालागि विद्यालय नहुनु, पछिल्लो समय वालिङमा महङ्गी धेरै हुनु जस्ता कारण पनि यहाँबाट मानिस अन्यत्रै जाने गरेको हुनसक्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
भदौ २५, २०८१ मंगलबार
‘पर्यटन क्षेत्रको विकासबाटै गण्डकीको समृद्धि’
भदौ २१, २०८१ शुक्रबार
मन्त्री पदबाट दीपक मनाङेले दिएको राजीनामा स्वीकृत
भदौ १७, २०८१ सोमबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
कालीगण्डकी करिडोर : पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’
भदौ २५, २०८१ मंगलबार
मैदानमा कहिले फर्किन्छन् नेइमार ?
भदौ २५, २०८१ मंगलबार
ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा
भदौ २५, २०८१ मंगलबार
सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
भदौ २५, २०८१ मंगलबार
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
भदौ २५, २०८१ मंगलबार
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हने
भदौ २५, २०८१ मंगलबार