अनावश्यक अफवाह फैलाउने काम भयो, स्टन्ट गर्न र पपुलिस्ट बन्न यो समीकरण बनेको हैनः प्रधानमन्त्री
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार १४:५१:४७
२० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पपुलिस्ट बन्न र स्टन्टबाजी गर्न कांग्रेस र एमाले नमिलेको बताएका छन् । उनले कांग्रेस–एमालेको समीकरणले पपुलिस्ट हुनका लागि र स्टन्टबाजीका लागि नभएको उनको भनाइ छ ।
आइतबार च्यासलमा एमालेका पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले ओलीले जनता र सुशासनमा केन्द्रित रहेर सरकार अगाडि बढ्ने धारणा राखे । अहिले कांग्रेस र एमालेको समीकरणले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीहरूले भ्रम फिँजाउन सक्रिय बनेकोमा ओलीले गुनासो गरे ।
उनले अनावश्यक अफवाह नफैलाउन विपक्षी दललाई चेतानवी दिए । संविधान संशोधन लगायतका विषयमा धेरै अफवाह फैलाउने काम भयो । हामीलाई अफवाहको उत्तर दिने, स्टन्ट गर्ने र पपुलिस्ट हुनका लागि जे पायो त्यही कुरा गर्ने फुर्सद छैन । काम गर्न आएको हो यो सरकार । केही उद्देश्य पुरा गर्न र काम पार लगाउन बनेको हो यो समकिरण, ओलीले भने ।
ओलीले अहिले कुनै भुलभुलैयामा, अफवाहको भरमा अन्यौलग्रस्त भएर अथवा पपुलिस्ट हुनका लागि वा स्टन्टबाजीका रुपमा कुनै काम र विचार नगर्ने समेत बताए । ओलीले लोकतन्त्रका लडेका एमाले र कांग्रेसले संविधान संशोधन लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानको ग्राह्यता, स्वीकार्यता र प्रभावकारी अभिवृद्धि गर्नका लागि समीकरण बनाएको बताए ।
उनले कतिपयले संविधान संशोधनको विषयमा भ्रम फिँजाउने कोशिश भइरहेको बताए । कतिपयले अहिले पनि हाम्राविरुद्ध भ्रम फैलाउन कोसिस गरिरहेका छन्, हामी संविधान संशोधन गर्न पर्छ भनिरहेका छौं तर धार्मिकग्रन्थ जस्तो असंशोधनीय, विश्वास मात्र गर्नुपर्ने,फेर्न नपर्ने-नपाइने ग्रन्थ जस्तो गरेर संविधानलाई व्याख्या गरिरहेका छन्, ओलीले भने ।
संविधान जनताको भलाईका लागि, सुशासन र विकासका लागि, आफ्नो मौलिक संस्कृति संरक्षणका लागि, परिमार्जन हुँदै जाने दस्ताबेजलाई पनि भ्रम फिजाई रहेका छन् । उनले जनतासँग एकाकार हुन र कम्युनिष्ट आचरणमा रहन कार्यकर्तालाई निर्देशन दिए । ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिए । ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको स्मरण गर्दै पार्टीमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार