यातायात कार्यालय पर्साले संकलन गर्यो १ अरब ५१ करोडभन्दा बढी राजश्व
आबिद हुसेन
साउन २०, २०८१ आइतबार १६:२८:२७
२० साउन, वीरगंज । यातायात व्यवस्था कार्यालय वीरगंजले गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ५१ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
यातायात कार्यालयले गत आ.ब. मा विभिन्न राजश्व शीर्षकबाट १ अर्ब ५१ करोड १८ लाख ७७ हजार ६ सय ८ रूपैयाँ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालय वीरगंजका प्रमुख कमल गौतमले जानकारी दिए ।
प्रमुख गौतमका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी १ अर्ब १० करोड ५१ लाख ७५ हजार ४९ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम प्रशासनिक दण्ड, जरिवाना र जफत बाट १५ हजार ८ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ३४ करोड २४ लाख ९० हजार १ सय ७२ रुपैयाँ र यातायात क्षेत्रको आम्दानीतर्फ ६ करोड ४१ लाख ९१ हजार ४ सय ९० रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
यस्तै चालु आवमा कार्यालयको बेरुजु रकमध्ये ५ हजार ९७ रुपैयाँ असुलउपर गरिएको पनि कार्यालय प्रमुख गौतमले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपवीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
तराई तथा काठमाडौं उपत्यकामा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार