टर्कीएमा लगातार तेस्रो दिन इन्स्टाग्राम अवरुद्ध
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार १७:०:१
२० साउन, अङ्कारा । टर्कीएका एक उच्च पदस्थ अधिकारीले अमेरिकी कम्पनीविरुद्ध सेन्सरशिपको आरोप लगाएका कारण टर्कीएका इन्स्टाग्राम प्रयोगकर्ताहरूले आइतबार पनि लगातार तेस्रो दिन सामाजिक सञ्जाल इन्स्टाग्राम अवरुद्ध भएको बताएका छन् ।
बिटिके सञ्चार प्राधिकरणले आफ्नो वेबसाइटमार्फत शुक्रबार मेटाको स्वामित्वमा रहेको प्लेटफर्मलाई बिना कुनै स्पष्टीकरण अवरुद्ध गरिएको घोषणा गरेको हो । यसको सन्दर्भमा एक अधिकारीले ‘आपराधिक सामग्री’ सम्प्रेषण गर्ने कुनैपनि माध्यमलाई अवरुद्ध गर्न अनुमति दिने नियमलाई उल्लेख गरे ।
“हाम्रो देशको आफ्नै महत्व र संवेदनशीलता छ । हाम्रो चेतावनीका बावजुद पनि तिनीहरूले आपराधिक विषयवस्तुको सम्प्रेषणमा ख्याल गरेनन्,” यातायात र पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले शुक्रबार भने ।
“हामीले हाल इन्स्टाग्राम अवरुद्ध गरेका छौँ । जब उनीहरूले हाम्रो कानुनको पालना गर्छन्, हामी प्रतिबन्ध हटाउँछौँ ।”
राष्ट्रपतिको सञ्चार निर्देशक फहार्टिन अल्तुनले बुधबार इन्स्टाग्रामले ‘मानिसहरूलाई हमास नेता इस्माइल हानियाको लागि शोक सन्देश प्रकाशित गर्नबाट रोकेको’ आरोप लगाएको हो ।
सामाजिक–लोकतान्त्रिक र राष्ट्रवादी विपक्षी दल र अङ्कारा कानुनी परिषद्ले अवरोध हटाउनका लागि शुक्रबार साँझ अदालतहरूमा मुद्दा दायर गरेका छन् । टर्की सञ्चारमाध्यमका अनुसार देशको आठ करोड ५० लाख मानिसमध्ये पाँच करोडको इन्स्टाग्राम अकाउन्ट छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार