हामी चुप लागेर बस्यौँ भने सरकार निरंकुश हुन्छः कोइराला
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार १७:२०:१७
२० साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सत्तामा भएका दलका नेता चुप लागेर बस्ने समय नभएको बताएका छन् । उनले सत्ता पक्षका नेता चुप लागेर बसेको खण्डमा यो सरकार निरंकुशतातिर जाने सक्ने भएकाले सरकारलाई सही ठाउँमा राख्न नेताहरु जागरूक हुनुपर्ने उनको भनाइ छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा उनले सरकारलाई ठिक बाटोमा हिँडाउन उसका कमजोरी ख्याल गरे देखाइ दिनुपर्ने बताए । कोइरालाले संसदका दुई ठूला राजनीतिक दल एकै ठाउँमा उभिएर सरकार निर्माण गर्दा निरंकुशता जन्मनसक्ने खतरा धेरै हुने बताए ।
उनले भने, ‘अहिले कहिँकतै यो सरकारमा केही कमजोरीहरू देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छ । किनभने दुइवटा ठूला दल सरकारमा छन् । यी दुई वटा ठूला दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने पनि त्यतिकै शंका छ । धेरैलाई शंका छ । हामीहरूले आवाज उठाउन सक्यौँ भनेर पक्कै पनि ठिक ट्रयाकमा अघि बढ्छ ।’
उनले अहिले पार्टीका नेताहरू कहिँकतै अल्झिएको जस्तो लाग्ने बताए । कता कता हामीहरू अलमलिएको, अल्झिएको हो कि जस्तो मलाई पनि लाग्छ अब यसरी हुँदैन हामी पार्टीलाई क्रियाशील बनाउन खटिनुपर्छ । पार्टीको महाधिवेशन कसरी समयभित्र सम्पन्न गर्न सकिन्छ भन्नेतिर कांग्रेसका नेता कार्यकर्ता लाग्नुपर्ने उनले बताए ।
०८४ को निर्वाचनमा कुनै दलको वैशाखी लिएर पार्टी सहभागी हुन नहुने उनको भनाइ थियो । नेपाली कांग्रेस र एमालेको सरकारलाई टिकाएर कसरी अघि लग्ने, मजबुत कसरी बनाउने? राजनीतिक स्थायित्व भएन भनेर हामीले यो बनाएको हो । यसले अप्ठेरा परिस्थिति सिर्जना गर्छ । सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि दिन नसक्ने लगायतका कारणले हामीले कांग्रेस र एमालेको सरकार बनाऔँ भनेर सोचेका हौ , यसको निगरानी गर्नुपर्छ, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार