पर्यटक लोभ्याउन ‘परेवा जोडी’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार २१:३२:४
![](https://nepalbahas.prixacdn.net/media/albums/pigeon_nGqEGCEvTV_X3rQOIDYly.jpg)
२० साउन, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित मणिडाँडामा परेवाको प्रतीक निर्माण गरिएको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गत आर्थिक वर्षमा रु सात लाखको लागतमा परेवा जोडीको प्रतीक निर्माण गरिएको वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिए । उक्त स्थानलाई पार्क र पिकनिक स्थलका रूपमा विकास गर्दै आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनाअनुरूप पूर्वाधार निर्माणका काम भइरहेको पनि उनले बताए ।
“यस डाँडामा सहिदको सालिक निर्माण लगायतका भौतिक संरचना निर्माण गर्ने योजना छ । परापूर्वकालमा आर्मीहरूले परेड खेलेकाले परेवाडाँडा नाम राखिएको बूढापाकाको भनाइअनुसार आर्मीहरुले परेड खेल्दै गरेको दृश्यको प्रतीक समेत निर्माण गर्ने लक्ष्य छ । साढे दुई लाख रुपैयाँको लागतमा सहिद मोहनलाल श्रेष्ठको सालिक निर्माण गरिसकेका छौँ”, श्रेष्ठले भने ।
परेवा जोडीको प्रतीक बनपछि हाल यहाँ हेर्न आउनेहरूको सङ्ख्या बढेको बढ्दै गएको छ । तीमध्ये सबैजसोे परेवा जोडीसँग तस्बिर खिँचाउँदै गरेका देखिन्छन् । यसैगरी यहाँको मणिडाँडामा रहेको मणि चौताराको मर्मत तथा स्तरोन्नति, नेपालको ठूलो झण्डा राख्ने, आँपका रूखहरुमा म्युजिक सिस्टम जडान गर्ने, पिकनिक स्पोर्टका लागि आवश्यक पर्ने भौतिक संरचना, शौचालय, खानेपानीलगायतको संरचना निर्माण गर्ने स्थानीय पालिकाको योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार