काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा न्यौपानेको आगमन
इन्द्र रिजाल
बैशाख १६, २०७६ सोमबार २०:४१:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा केदार न्यौपाने आएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रकाशसकीय अधिकृत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको रुपमा पदस्थापन गरिएपछि न्यौपाने उनको ठाउँमा आएका हुन् ।
आज पदबहाली गरेका न्यौपाने यसअघि प्रदेश १ को प्रमुख सचिवका रुपमा कार्यरत थिए। मन्त्रीपरिषदको वैशाख २ गतेको निर्णयले महानगरको प्रशासकीय अधिकृतका रुपमा नियुक्ति गरेको थियो । नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले राजधानी शहरको छवि सुधार्न प्रयास गर्ने बताउँदै यसका लागि सरोकारवाला सबै एक ठाउँमा हुनुपर्नेमा जोड दिएका छन्।
केन्द्रीय राजधानीको गौरव बढाउन सार्वजनिक सेवा प्रदायकलाई समन्वय गरेर एकीकृत विकास पद्धतीको स्थापना गर्नमा जोड रहनेछ:-उनले भने। उपयुक्त व्यक्तिलाई क्षेत्रगत जिम्मेवारी दिने, असल अभ्यासको प्रवर्द्धन गर्ने संस्थागत सिकाईलाई व्यवस्थित गर्ने न्यौपानेले बताए।
‘काममा तपाईहरु पनि खुसी हुनुपर्छ जनता र जनप्रतिनिधी पनि खुसी हुनुपर्छ यसले मात्रै सार्वजनिक संस्थाको गरिमा बढ्छ।’ उनले भने।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’लाई प्रधानमन्त्रीको शुभकामना
पुष १६, २०८१ मंगलबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार
आजदेखि बन्दीपुर भ्रमण वर्ष २०२५ शुभारम्भ
पुष १७, २०८१ बुधबार