एक वर्षमा बैंकहरुले कमाए सवा ६४ अर्ब, धेरै मुनाफा गर्नेमा नबिल र ग्लोबल
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार ११:१०:३८
२१ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । उनीहरुले प्रकाशित वित्तीय विवरणअनुसार बैंकहरुका मुनाफा बढेको छ । सञ्चालनमा रहेका २० बैंकले आर्थिक वर्ष २०८०/८१ मा ६४ अर्ब १५ करोड खुद मुनाफा गरेका छन् ।
उनीहरुले गरेको मुनाफा अघिल्लो आर्थिक वर्षको भन्दा साढे ८ अर्ब बढी छ । वाणिज्य बैंकहरुले सोमबार प्रकाशन गरेको वित्तीय विवरणका आधारमा नबिल सबैभन्दा बढी मुनाफा गर्ने बैंकमा परेको छ । ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा परेको छ । यस पटक बैंकहरुका औसत मुनाफा वृद्धि भएको छ । बैंकहरुका मुनाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३.४० प्रतिशत धेरै हो । अघिल्लो वर्ष २० वटा वाणिज्य बैंकले ५६ अर्ब ५७ करोड ४४ लाख मुनाफा आर्जन गरेका थिए ।
१० वटा बैंकले मुनाफा बढाउँदा बाँकी १० वटा बैंकको मुनाफामा भने गिरावट आएको छ । मुनाफा कमाउने बैंकहरुमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंकको मुनाफा बढेको छ । यस्तै मुनाफा बढाउनेमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, कुमारी बैंक र नेपाल एसबीआई बैंक रहेका छन्।
यता मुनाफा घट्नेमा ग्लोबल आइएमइ बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, एनएमबी बैंक, नेपाल बैंक, एनआइसी एशिया बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंक रहेका छन् । मुनाफाका आधारमा नबिल बैंकले एक नम्बरमा आएको छ । यो बैंक सबैभन्दा धेरै खुद मुनाफा कमाउने बैंक बनेको छ । यसले ७ अर्ब ६ करोड बराबरको खुद मुनाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्ष (२०७९/८०) को तुलनामा १०.२३ प्रतिशतले बढी हो ।
दोस्रो बढी मुनाफा ग्लोबल आइएमई बैंकको देखिएको छ । यसको मुनाफा अघिल्लो आर्थिक वर्षको भन्दा कम भए पनि समग्र बैंकहरुमा मुनाफाका आधारमा दोस्रो मुनाफा कमाएको हो । ग्लोबल आइएमई बैंकले ६ अर्ब १ करोड मुनाफा कमाएको छ । यद्यपि अघिल्लो वर्षको तुलनामा गत वर्ष यसको खुद मुनाफा भने १०.१३ प्रतिशत घटेको छ । तेस्रो बढी मुनाफा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको देखिएको छ । यस बैंकले ५ अर्ब १० करोड रुपैयाँ मुनाफा कमाएको छ । यसको मुनाफा ३९.७१ प्रतिशतले बढेको हो ।
प्राइमले ३ अर्ब ७७ करोड मुनाफा कमाउँदा एभरेष्ट बैंकले ३ अर्ब ७० करोड मुनाफा आर्जन गरेको छ । मुनाफाका आधारमा कृषि विकास बैंक सातौँ र राष्ट्रिय वाणिज्य बैंक आठौँ नम्बरमा परेका छन् । मुनाफाका आधारमा सबैभन्दा पुछारमा माछापुच्छ्रे बैंक रहेको छ । यस बैंकको मुनाफा अघिल्लो वर्षको तुलनामा २३.०९ प्रतिशतले गिरावट आएको छ । असार मसान्तसम्म यस बैंकले १ अर्ब २५ करोड रुपैयाँ मुनाफा गरेको छ । वाणिज्य बैंकहरुले एकै वर्ष साढे ८ अर्ब मुनाफा बढाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार