पौडेलको ‘यसपालिको तीज रमाइलो’ गीत सार्वजनिक
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार ११:२६:४१
२१ साउन, काठमाडौं । हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको छ ।
चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर भन्ने मौलिक गीत परिवारका सबैजना एकै स्थानमा बसेर सुन्न र रमाउन सकिने गीतकार पौडेलले जानकारी दिए ।
कतिपय तीज गीत विवादमा तानिँदै आएका बेला यस्ता मौलिक गीतले पर्वको महत्व झल्काउने उहाँले बताउनुभयो । तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको बेला मौलिक सृजनाका लागि आफूले अग्रसरता लिएको उनले जानकारी दिए ।
तीज गीतको परम्परा र मौलिकतालाई कायम राख्दै गरिएको सृजना श्रोता तथा दर्शकलाई मनपर्ने उनले विश्वास व्यक्त गरे । पछिल्लो समय बजारमा सार्वजनिक भएका केही गीत तीजको महत्व र मर्मविपरीत भएको भन्दै आलोचना भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा
कात्तिक २९, २०८१ बिहिबार
यसरी बन्यो ‘रैँया चाँदीको...’
कात्तिक २८, २०८१ बुधबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार