नबिल बैंकले १० प्रतिशतले बढायो मुनाफा
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार ११:५६:४५
२१ साउन, काठमाडौं । नबिल बैंकले खुद मुनाफा १० प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले सो अवधिमा ७ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी घट्दा पनि नाफा बढेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ८.६ प्रतिशत घटेको छ । फी तथा कमिसन आम्दानी बढ्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्दा मुनाफामा टेवा पुगेको हो ।
बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशत घटेर १६ अर्ब २० करोड ७० लाख रुपैयाँमा सिमित भएको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०४ प्रतिशतले बढेर ३ अर्ब २४ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६.०२ प्रतिशत घटेर २० अर्ब २० करोड २६ लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ३.५१ प्रतिशत बढेर ९ अर्ब ८४ करोड ६८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशत झरेको छ भने इम्पेरमेन्ट चार्ज ३ अर्ब २२ करोडमा सीमित भएको छ। बैंकको निक्षेप १६.४४ प्रतिशत बढेको छ भने कर्जा १२.९४ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४२ पैसा बढेर २६ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २०.०८ गुणा रहेको छ । २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको वितरण योग्य मुनाफा भने ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा ३२ अर्ब ५१ करोड रुपैयाँ सञ्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार