बढी मुनाफा कमाउने दोस्रो बैंकमा पर्यो ग्लोबल आईएमई बैंक
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १२:१२:२६
२१ साउन, काठमाडौं । ग्लोबल आईएमई बैंक गत वर्षको बढी मुनाफा कमाउने दोस्रो बैंकमा परेको छ । सोमबार सार्वजनिक वित्तीय विवरण अनुसार ग्लोबलले ६ अर्ब ६९ करोड रुपैयाँ मुनाफा कमाएको छ । बैंकले अघिल्लो आवको भन्दा १०.१३ प्रतिशत बढी मुनाफा गरेको हो ।
अघिल्लो आवमा सबैभन्दा बढी मुनाफा गर्ने बैंक ग्लोबल आईएमई नै थियो । तर, ग्लोबल बैंकको ब्याज आम्दानी बढ्दा मुनाफा भने घटेको छ । जसको मुख्य कारण हो, नोक्सानी व्यवस्थाका लागि आय भन्दा बढी रकम छुट्याउनु । जसकारण आम्दानी ६.७४ प्रतिशतले बढेर ५१ अर्ब ४६ करोड पुगेपनि खुद ब्याज आम्दानी २.७४ प्रतिशतले घटेर १६ अर्ब ६४ करोड कायम भएको छ ।
ग्लोबलले नोक्सानी व्यवस्था रकम भने गत आवको भन्दा ९.२६ प्रतिशत बढी अर्थात् ३ अर्ब ७४ करोड रुपैयाँ छुट्याएको छ । बैंकको सञ्चालन मुनाफा ८.२५ प्रतिशतले घटेर ८ अर्ब ७४ करोड छ भने मुनाफामा १०.१३ प्रतिशतको गिरावट आएको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब १० करोडमात्र छ । जसबाट बैंकको लाभांश क्षमता ३.०६ प्रतिशतमा खस्किएको छ ।
ग्लोबल आईएमई बैंकले ४ खर्ब ८७ अर्ब ४६ करोड रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ६९ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप १४.३४ प्रतिशतले बढेको हो भने कर्जा अघिल्लो आवको भन्दा मात्रै ४.२३ प्रतिशतले विस्तार भएको हो । ग्लोबल आईएमई बैंकको निष्क्रिय कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ । यसैगरी सीडी रेसियो ७५.८७ प्रतिशत कायम भएको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको चुक्तापुँजी ३६ अर्ब १३ करोड हुँदा जगेडामा २३ अर्ब ७५ करोड रहेको छ । बैंकको रिजर्भ १८.५४ प्रतिशतले बढेको हो । आव २०८०/८१ को अन्त्यसम्म प्रतिशेयर आम्दानी ५.४१ रूपैयाँले घटेर १६.६५ रुपैयाँ कायम भएको छ । यसैगरी नेटवर्थ १६८.८१ रुपैयाँ र पीई रेसियो ११.६६ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
आजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
क्रिसमसको तयारी
पुष ९, २०८१ मंगलबार
सोमबार रातिदेखि हुम्लामा हिमपात
पुष ९, २०८१ मंगलबार
आजबाट पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु [ फोटो फिचर ]
पुष ९, २०८१ मंगलबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार