महानायक राजेश हमाल ८ वर्षपछि अभिनयमा फर्किने
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १२:१४:१६
२१ साउन, काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् ।
आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् । सहमतिको जानकारी दिँदै उनले लेखेका छन्,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’
पछिल्लो पटक फिल्म ‘सकुन्तला’मा अभिनय गरे पश्चात् महानायक हमाल कुनै पनि फिल्ममा देखिएका थिएनन् । बरु उनले म्युजिक भिडियोमा आफूलाई समय दिइरहेका थिए । एक्सन प्रधान रहने फिल्ममा हमालले झन्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् । आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माण पक्षको भनाइ छ ।
निर्देशक दिवाकरले फिल्मको कथावस्तु मन पराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको र यो फिल्मले राजेश हमालको गर्विलो कमब्याक गराउने दावी गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार