इन्भेस्टमेन्ट मेगा बैंकको मुनाफा ४० प्रतिशतले बढ्यो
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १२:१७:४२
२१ साउन, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको मुनाफा ३९.७१ प्रतिशतले बढेको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा बैंकले ५ अर्ब १९ करोड रुपैयाँ मुनाफा गरेको छ । यो मुनाफा अघिल्लो आवमा गरेको ३ अर्ब ७२ करोडभन्दा १ अर्ब ४७ करोड बढी हो ।
बैंकले प्रकाशन गरेको वित्तीय विवरणअनुसार ब्याज आम्दानी २२.६ प्रतिशतले बढेर ४३ अर्ब ६ करोड र खुद ब्याज आम्दानी २२.०१ प्रतिशतले वृद्धि भइ १५ अर्ब २ करोड रुपैयाँ कायम भएको छ । यस अवधिमा बैंकले अघिल्लो आव छुट्याएको नोक्सानी व्यवस्थाभन्दा ०.१७ प्रतिशत बढी अर्थात् ३ अर्ब २१ करोड प्रोभिजन गरेको छ । बैंकको सञ्चालन मुनाफा २१.६२ प्रतिशतले बढेर ८ अर्ब ७ करोड पुगेको छ ।
बैंकले २०८१ असार मसान्तसम्म ७ खर्ब ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको निक्षेप परिचालन गरी ३ खर्ब ७ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी ३४ अर्ब १३ करोड र जगेडा कोषमा ३० अर्ब ५७ करोड छ । रिजर्भको रकम २२.५५ प्रतिशतले बढेको हो ।
गत आवको वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी १५.२३ रुपैयाँ कायम भएको छ । ईपीएस अघिल्लो आवको तुलनामा १.३१ रूपैयाँले बढ्दा नेटवर्थ १७ रूपैयाँले सुधारिएर १८० रुपैयाँ र पीई रेसियो ११.५ कायम भएको छ । यस अवधिमा नेपाल इन्भेस्टमेन्ट मेगाको निष्क्रिय कर्जा ४.५४ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत कायम भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार