सिटिजन्स बैंकको निक्षेप र कर्जामा उल्लेख्य प्रगति, १ अर्ब ३४ करोडले बढ्यो खुद मुनाफा
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १२:४४:४
२० साउन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्षमा निक्षेप र कर्जा दुवैमा उल्लेख्य प्रगति गरेको छ । अधिकांश वित्तीय सूचकमा सकारात्मक सुधार यस बैंकले आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ३४ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवमा बैंकले ५ अर्ब ६८ करोड खुद ब्याज आम्दानी गरेको छ भने निष्क्रिय कर्जा ४.०७ प्रतिशत कायम गरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा र प्रति शेयर नेटवर्थ १ सय ९१ रुपैयाँ ८१ पैसा रहेको छ । बैंकले समीक्षा अवधिमा ६१ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । अब शेयरधनीलाई ४.३४ प्रतिशत लाभांश वितरणको लक्ष्यमा बैंक पुगेको छ ।
यो आर्थिक वर्षको वितरणयोग्य नाफा ६१ करोड छ । यद्यपि श्रावण अन्त्यसम्म अझै असुली समय बाँकी छ । त्यसैले बैंकले असल ऋणमा १.२% बाट १.१% सम्मको व्यवस्थापन खर्च समावेश गराएको छैन । अघिल्लो आवमा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद मुनाफा र ८४ करोड ७० लाख रुपैयाँ वितरण योग्य मुनाफा कमाएको थियो ।
बैंकले गत आर्थिक वर्षमा निक्षेप र कर्जा दुवैमा उल्लेख्य वृद्धि गर्न सफल भएको छ । उक्त अवधिमा बैंकले १ खर्ब ९१ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५८ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप संकलन ११.४७ प्रतिशत र कर्जा प्रवाह ९.७६ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा बैंकले आधार दर (बेसरेट) समेत एकल अंकमा ल्याउन सफल भएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा बेसरेट २.२५ प्रतिशत बिन्दुले घटाएर ८.२६ प्रतिशत कायम गरेको हो । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) र तरलता अनुपात (एलडी रेसियो) सकारात्मक देखिएको छ । गत आवको असार मसान्तसम्म बैंकको सीडी रेसियो ८१.८६ प्रतिशत र एलडी रेसियो २८.०६ प्रतिशत कायम छ ।
राष्ट्र बैंकले सिडि रेसियो ९० प्रतिशत र एलडी रेसियो २० प्रतिशत कायम गरेर मात्रै कर्जा प्रवाह गर्न पाउने प्रावधान गरेको छ । उक्त अवधिमा बैंकको पूँजी पर्याप्तता अनुपातमा समेत सुधार भई १३.०६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १२.१२ प्रतिशत थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार