जापानमा बिक्री भयो 'मोदीबेनी', कहिले हुन्छ रिलिज ?
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १२:४५:३०
२१ साउन, काठमाडौं। शुक्रवार रिलिज भएको नेपाली चलचित्र 'मोदीबेनी' जापानमा रिलिज हुने भएको छ। सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी 'भिजोनिया कम्पनी लिमिटेड'ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो।
चलचित्र रिलिज पछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री भएको सह निर्माता हरि श्रेष्ठले बताए। उनले दर्शकबाट गजबको प्रतिक्रिया प्राप्त भइरहेको बताए। जापानमा केही दिनमा सार्वजनिक प्रदर्शनमा आउने श्रेष्ठले बताए।
निर्देशक शङ्कर कोइरालाका अनुसार दर्शकले चलचित्रको 'थ्रिलिङ पार्ट'लाई रुचाएका छन्। शुक्रवार र शनिवार दर्शक भेट्न विभिन्न हल पुगेका निर्देशक कोइरालाले 'मोदीबेनी'को 'सेकेन्ड हाफ'लाई बढी रुचाएको पाइएको बताए। 'चलचित्रको 'सेकेन्ड हाफ'लाई बढी रुचाएको पाएको छु। पहिलो भागमा क्यारेक्टरको बेस तयार गरी दोस्रो भागमा थ्रिलिङ दृश्यहरू राखेका थियौँ। सोही कुरा दर्शकलाई चित्त बुझेको छ,' कोइरालाले भने। उनले चलचित्रमा उठान गरिएको विषय र विश्वासै नलाग्ने कथामा दर्शकले मनोरञ्जन लिइरहेको प्रतिक्रिया आफूले पाएको बताए। 'दर्शकको प्रतिक्रिया बुझ्दा 'वर्ड अफ माउथुले राम्रै काम गर्ने देखिन्छ।'
चलचित्र रिलिज पछि कलाकारहरू वर्षा सिवाकोटी, नव अभिनेता अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती लगायत दर्शक भेट्न काठमाडौंका विभिन्न हल पुगेका थिए। चलचित्रलाई डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार