एशियाको शेयरबजारमा गिरावट
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १२:५१:३६
२१ साउन, काठमाडौं । गत साता विश्वभरका शेयर परिसूचकमा आएको गिरावटपछि सोमबार एसियाली बजारमा पनि गिरावट आएको छ । भारतीय बजारमा पनि गिरावट देखिएको छ । निफ्टी हाल करिब ७०० कले घटेको छ भने सेन्सेक्सले लगभग २२०० अंकको गिरावट देखेको छ ।
त्यस्तै जापानको निक्की २२५ अंकले घटेको छ भने टपिक्स ८ प्रतिशतले गतेको छ । त्यसैगरी ताइवानको मुख्य स्टक सूचकांक ७.७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी सूचकांक ६.६ प्रतिशतले घटेको छ । सामसुङलगायत चिप बनाउने कम्पनीको कारोबारमा कमी आएको छ ।
तर, हङकङको ह्याङ सेङमा ०.२ प्रतिशत मात्रै गिरावट आएको छ । यसैबीच, सांघाई स्टक एक्सचेन्ज अलिकति बढेको छ । त्यस्तै क्रिप्टोकरेन्सीमा पनि गिरावट आएको छ । बिटक्वाइनको मूल्य करिब ५३ हजार डलर रहेको छ । जुन फेब्रुअरी पछिको सबैभन्दा कम हो ।
शुक्रबार अमेरिकामा रोजगारीसम्बन्धी तथ्याङ्क सार्वजनिक भएपछि न्यूयोर्कमा स्टकमा तीव्र गिरावट आएको छ । इरान र इजरायलबीच युद्धको आशंकापछि अमेरिका र एशियाको शेयर बजारमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पुष १९, २०८१ शुक्रबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार