केन्द्रीय सदस्य खटाएर कांग्रेसले जिल्ला जाउ, संगठन बनाउ अभियान चलाउने, विभागका प्रमुख तोकिँदै
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १३:४६:३३
२१ साउन, काठमाडौं । नेपाली कांग्रेसले देशभर संगठन विस्तार अभियानलाई तीब्रता दिने भएको छ । साउन २३ मा बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यहरूलाई जिल्ला पठाउने कार्यक्रमको ढाँचा पारित गर्ने जनाएको छ । केन्द्रीय नेताहरूलाई अब जिल्ला र गाउँ पठाएर पार्टी संगठन निर्माणमा जोड दिने कांग्रेसको तयारी छ ।
सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय नेता तथा सदस्यहरूलाई संगठन विस्तारका लागि जिल्ला पठाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बलियो संगठन बनाउन कांग्रेसले कार्ययोजना नै बनाउने तयारी गरेको छ ।
साउन २३ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा थप छलफल हुन्छ, योजना बन्छ र कसलाई कुन जिल्लामा पठाउने भन्ने निर्णय हुन्छ, उनले भने । सोमबार केन्द्रमा नेता बसेर भएन, संगठन खस्किएको छ,सीमित बाहेक नेता अब संगठन सुदृढीकरण अभियान लिएर जिल्ला जानुपर्छ भन्नेमा नेताले जोड दिएका थिए । उनीहरुलाई जिल्ला तोकेर पठाइनेछ छ ।
बैठकमा महासमितिको गत फागुन ७ देखि १० गतेसम्म चलेको बैठकका निर्णय सुझाव समेटेर केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने लगायतका विषयमा पनि छलफल भएको महतले जानकारी दिए । संघीय र प्रदेशका सरकारहरूलाई प्रभावकारी बनाउने विषयमा पनि नेताहरूबाट सुझाव दिएका थिए ।
यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका ३८ विभागका प्रमुख तोक्ने तयारी गरेका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नाम प्रस्ताव गरिसकेको बताइएको छ । आजको छलफलमा विभाग प्रमुख तोक्ने विषयमा नेताहरूले प्रसंग उठाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार