अघिल्लो वर्षभन्दा विकास बैंकहरुले कमाए ४७ करोड ७१ लाख बढी मुनाफा
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १४:२५:५३
२१ साउन, काठमाडौं । बाणिज्य बैंकहरू जस्तै विकास बैंकहरुको पनि वित्तिय विवरण सार्वजनिक भएको छ । आर्थिक वर्ष २०८०/८१ मा विकास बैंकहरुले मुनाफा बढाएका छन् । विवरण अनुसार विकास बैंकहरुले मुनाफा ४७ करोड ७१ लाख देखिएको छ ।
प्रकासित विवरण अनुसार गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा बैंकहरुले ५ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । जुन अघिल्लो आवको तुलनामा ९.३९ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकहरुले ५ अर्ब ७ करोड ९७ लाख रुपैयाँ मुनाफा कमाएका थिए । गत वर्ष शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ६९ करोड ७४ लाख, लुम्बिनी विकासले ६० करोड ३७ लाख, महालक्ष्मी ४७ करोड १ लाख र ज्योति विकास बैंकले २४ करोड ६५ लाख रुपैयाँ मुनाफा कमाएका छन् ।
गरिमा विकास बैंकले १ अर्ब १३ करोड ६१ लाख मुनाफा कमाएको छ । गरिमाको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.१६ प्रतिशतले घटेको छ । सांग्रिला डेभलपमेन्ट र कामना सेवा विकास बैंकको मुनाफा बढेको छ । गत वर्ष सांग्रिलाले खुद मुनाफा ९२.४७ प्रतिशत बढाएर ५२ करोड ४ लाख पुर्याएको छ । कामना सेवाले पनि मुनाफा ६६.९३ प्रतिशत बढाएर ६० करोड ३२ लाख पुर्याएको छ । अघिल्लो आवमा यी दुई बैंकले क्रमशः २७ करोड ४ लाख र ३६ करोड १३ लाख मुनाफा कमाएका थिए ।
गत वर्ष सर्वाधिक मुनाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । गत वर्ष मुक्तिनाथ विकास बैंकले १ अर्ब २७ करोड ९१ लाख ३४ हजार खुद मुनाफा कमाएको हो । बैंकको यो मुनाफा २.४८ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि बैंकको १ अर्ब २४ करोड ८२ लाख मुनाफा कमाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २५, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखा
मंसिर १९, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार