ढाकास्थित दूतावास भन्छ-बंगलादेशमा रहेका करिव ४ सय नेपाली विद्यार्थी सुरक्षित छन्
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १५:४:१८
२१ साउन, काठमाडौं । बंगलादेशको ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ । बंगलादेशमा जारी कोटाविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बनेपछि दूतावासले सोमबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
बंगलादेशमा पुनः आन्दोलन चर्किएको छ। केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुनः चर्किएको हो । सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बंगलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका अधिकांश नेपाली विद्यार्थीहरू स्वदेश फर्किसकेका छन् ।
ढाकास्थित नेपाली राजदूतावासले भने सोमबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा अझै करिब ४ सय विद्यार्थीसहित नेपालीहरू रहेको र सबै सुरक्षित रहेको उल्लेख गरेको छ । उनीहरू सबै दूतावाससँगको समन्वयमा रहेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
दूतावासले नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा समस्यामा परेका नेपालीले दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीमार्फत सम्पर्कमा आउन आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार