कमिशन र प्रतिशेयर आम्दानी घटेपछि एनआईसी एशिया बैंकले कमायो १ अर्ब ३८ करोड खुद मुनाफा
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १५:२७:४२
२१ साउन, काठमाडौं । गत आर्थिक वर्षमा एनआईसी एशिया बैंकको वित्तीय अवस्थामा सुधार आएको छ । चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ३८ करोड खुद मुनाफा कमाएको छ । बैंकको कुल सञ्चालन आम्दानी भने १२.३६ प्रतिशतले घटेर १३ अर्ब १६ करोड ९३ लाख पुगेको छ । सञ्चालन मुनाफा ५३.८३ प्रतिशतले ३ अर्ब १ करोड ८१ लाख कायम भएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ४४ करोड खुद मुनाफा कमाएको थियो । समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशत घटेर १० अर्ब ६१ करोड ७१ लाख ७२ हजार रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.८८ प्रतिशत घटेर २ अर्ब ७७ हजार पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ ।
समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ १७ पैसा घटेर ९ रुपैयाँ २६ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ३० करोड रुपैयाँ ऋणात्मक छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर १.७४ प्रतिशत बढेको छ । जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८४ करोड पुगेको छ । बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड रहेको छ भने बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड सञ्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
मंसिरका लागि वाणिज्य बैंकहरुको निक्षेप र व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घट्यो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार