साताकोको पहिलो दिन नेप्से ४० अङ्कले वृद्धि हुँदा २२ अर्बको कारोबार
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १५:३८:४२
२१ साउन, काठमाडौं । यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज 'नेप्से' परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन समूहको उपसूचक आज सबैभन्दा धेरै छ दशमलव ६९ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूह तीन दशमलव ०९, लगानी तीन दशमलव ५२, जीवन बीमा तीन दशमलव २३, जीवन बीमा एक दशमलव २५, व्यापार पाँच दशमलव ७० र अन्य समूह पाँच दशमलव ७३ प्रतिशतले बढेको छ । अरु समूहको उपसूचक भने रातो देखिएको छ ।
आठवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । रुरु जलविद्युत् परियोजना लिमिटेड, सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब २६ करोड चार लाख ८८ हजार सात सय ७२ बराबरको १५ लाख ४९ हजार ९८ कित्ता शेयर किनबेच भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार