सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ, ९ सदस्यीय मन्त्रिपरिषद गठन
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १६:५२:५३
२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले र कांग्रेसको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । शपथपछि उनले मन्त्रिपरिषद पनि गठन गरेका छन् ।
सपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री शाहले मन्त्रीपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एक जना मन्त्री नियुक्त गरेका हुन् भने कांग्रेसबाट दुई र एमालेबाट एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।
आज कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन् ।
कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् । मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीले सोमबार नै पदभार ग्रहण गर्नेछन् । २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहलेश राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका थिए । एमाले र कांग्रेसको गठबन्धन बनेपछि शाह चार महिना नबित्दै सत्तामा फर्किएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेङ्गी सङ्क्रमण बढ्दै, कीट व्यवस्थापनमा समस्या
भदौ १६, २०८१ आइतबार
विपक्षीको विरोधकाबीच सुदूरपश्चिम प्रदेशमा निजामती विधेयक पारित
भदौ ४, २०८१ मंगलबार
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
साउन ३०, २०८१ बुधबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
कारागार पठाइए लुम्बिनीका सांसद धनबहादुर केसी
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार
लिग २ खेल्न आज राती क्यानडा जाँदै नेपाली टोली
भदौ २५, २०८१ मंगलबार
शासनसत्ताको गम्भीर कमजोरी र विक्रित अर्थव्यवस्थाबाट जनता कहिलेसम्म पीडित हुनुपर्ने ?
भदौ २५, २०८१ मंगलबार
यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
म प्रधानमन्त्री नभएको भए मधेशका जनताले नागरिकता पाउने अवस्था हुने थिएनः प्रचण्ड
भदौ २५, २०८१ मंगलबार
विज्ञापनसँग सम्बन्धित मुद्दाको सामना गर्दै गुगल
भदौ २५, २०८१ मंगलबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार