बंगलादेशको घटनाले नेपालमा हाई सुरक्षा अलर्ट, केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरवारमा
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १७:४१:३४
२१ साउन, काठमाडौं । बंगलादेशमा भएको राजनीतिक 'कु' को घटनालाई लिएर नेपाल सरकारले पनि सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ । हिंसा भड्किएपछि बंगलादेशको शासन सत्ता सेनाले लिएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख असिना भागेर भारतमा शरण लिन पुगेकी छ ।
यो घटनाको समीक्षा गर्न गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ । स्रोतका अनुसार गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, गृहसचिव , नेपाली सेनाका प्रमुख, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, अनुसन्धान विभाग प्रमुखसहित सुरक्षा अधिकारीको उपस्थिति छ । बंगलादेशबाट उच्च तहका नेता नेपाल आउन सक्ने सम्भावनालाई मध्यनजर गरेर छलफल भइरहेको बताइएको छ ।
गृहमन्त्रीको निर्देशनमा गृहसचिव एकनारायण अर्यालले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएका हुन् । बैठकले नेपालको सुरक्षा अवस्थाबारे ब्रिफिङ गरिरहेको छ । नेपालमा पनि सुरक्षा व्यवस्था कडा बनाउने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार