भारतबाट लण्डन वा फिनल्याण्ड जाने तयारीमा शेख हसिना
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १८:८:५७
२१ साउन, काठमाडौं । सोमबार पदबाट राजीनामा दिएर भारत भागेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतबाट लण्डन वा फिनल्यान्ड जाने तयारीमा रहेको बताइएको छ । उनले बंगलादेशको सत्तामा रहँदा फिनल्याण्ड र लण्डनमा धेरै सम्पति लगेर लुकाएको आशंका छन् । उनी निकट राजनीतिक व्यक्तिहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले हसिना भारतबाट दुई देशमध्ये लण्डन वा फिनल्याण्ड जानसक्ने उल्लेख गरेका छन् ।
उनी सोमबार बंगलादेशबाट भागेर भारत पुगेकी हुन् । अहिले उनी भारतको त्रिपुरा राज्यमा रहेको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि उनी ढाकाबाट हेलिकोप्टरमा भारत उडेकी थिइन् । त्यसपछि उनी भारतको त्रिपुरा राज्य पुगेको समाचार आएको हो ।
आइतबारदेखि हिंसात्मक प्रदर्शन पुनः चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छोडेकी हुन् । उनले देश छाडेको खबरपछि गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सवसमेत मनाएका थिए । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको थियो ।
सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको थिए । सेनाले बंगलादेशको सत्ता आफूले लिएको जनाएको छ । देशका नाममा सम्बोधन गर्दै बंगलादेशका सेना प्रमुखले चाँडै अन्तरिम सरकार गठन हुने जाएका छन् । त्यहाँको अवस्था दिउँसोभन्दा केही साम्य भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार