पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारत जाने पर्यटक बढे
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार २०:५३:१३
२१ साउन, दोधारा चाँदनी 'कञ्चनपुर' । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत प्रवेशका लागि तेस्रो मुलुकका पर्यटकलाई खुला गरिएको छ । कोरोना सङ्क्रमणका बेला भारतले तेस्रो मुलुकका नागरिकलाई गड्डाचौकी नाकाबाट प्रवेशमा रोक लगाएको थियो ।
अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार गत मंगलबारदेखि सीमावर्ती बजार वनबासमा रहेको अध्यगमन कार्यालयले विदेशी पर्यटकलाई यो नाकाबाट प्रवेश अनुमति दिएको हो ।
यसअघि यो नाकाबाट विदेशी पर्यटक नेपाल भित्रिन मात्रै सक्थे भने यही नाकाबाट फर्किन पाउँदैनथे । आवागमन खुला भएपछि सात जना पर्यटक यो नाका भएर भारत प्रवेश गरेको अध्यगमन कार्यालय गड्डाचौकीका प्रमुख पदमराज भट्टले जानकारी दिए ।
“भारतको उत्तराखण्डका विभिन्न पर्यटकीयस्थलमा पुग्ने तेस्रो मुलुकका पर्यटक नेपालमा पनि घुम्न आउँछन्,” भट्टले भने, “कोरोनापछि भारतले यो नाकाबाट बाहिरिन दिने तर भित्रिन नदिने गरेका कारण तेस्रो मुलुकका पर्यटक नेपाल आउन बन्द भयो ।”
भारतीय अध्यगमन कार्यालयले विदेशी पर्यटकलाई आगमन अनुमति दिन थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साही भएका छन् । “नजिकको दुरीमा रहेका ऋषिकेश, बद्रीनाथ र केदारनाथलगायत पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटक नेपालमा पनि आउँछन् ।” यहाँका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भने, “यो हाम्रा लागि खुसीको कुरा हो । अब पक्कै पनि यहाँ आउने तेस्रो मुलुकका पर्यटक बढ्ने छन् ।” यसअघि भारतले भैरहवा नाकाबाट मात्रै विदेशी पर्यटकलाई प्रवेश अनुमति दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार